एसईई परीक्षा : सिरहामा २० मिनेटमै बाहिरियाे प्रश्न पत्र, विद्यालयको सेटिङमा भएकाे दाबी

सिरहा। सिरहामा माध्यमिक शिक्षा परीक्षा (एसइई)को पहिलो दिनको परीक्षा सुरु भएको २० मिनेट प्रश्नपत्र बाहिरिएको छ।
पहिलो दिनको अंग्रेजी विषयको प्रश्न जिल्लाको लहान- १९ सोनमती गाढा, जनता बनवाली माध्यमिक विद्यालय वर्छवा, कल्याणपुर परीक्षा केन्द्रबाट प्रश्नपत्र बाहिरिएको बताइएको छ।
निजी विद्यालयहरुको सेटिङमा केन्द्राध्यक्ष र प्रहरी प्रशासनको सहयोगमा मोवाईल प्रयोग गरी प्रश्नपत्र वाहिरिएको स्रोतले जनाएको छ।
जिल्ला परीक्षा समन्वय समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारीे बासुदेव दाहालले एसईई परिक्षा मर्यादित बनाउन ५० जना डेडिकेटेड मानिसहरु खटाएका बताए। उनले भने, ‘पात समेत हल्लिन दिएको छैन। प्रश्नपत्र कसरी बाहिरिएको बारे अनुसन्धान हुदैछ। कहाँबाट प्रश्नपत्र बाहिरिए हाे पत्ता लागे कारबाही हुन्छ।’
परीक्षा मर्यादित बनाउन यस वर्ष परीक्षा केन्द्रहरुमा मोवाइल तथा अन्य चिटिङ गर्ने समानमा प्रतिबन्ध लगाए तापनि प्रश्नपत्र आउट हुदाँ प्रहरी प्रशासन र केन्द्राध्यक्षहरु कै सेटिङ रहेको पुष्टि गरेकाे स्थानियकाे आराेप छ ।
जिल्लामा ५० वटा परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भईरहेको छ। यस वर्षको परीक्षामा १० हजार सात सय तीन जना विद्यार्थी सहभागी छन्।














कांग्रेस विशेष महाधिवेशन : निर्वाचन कार्यतालिका संशोधन
नबिल बैंकका अध्यक्ष चौधरीले लिए शपथ
तिङ्कर नाका नियमित नहुँदा व्यापार प्रभावित
NC President Deuba shows flexibility to prevent party split
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपोबेबीको राज देखेर जनता रिसाएकै हुन् – गगन थापा
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
प्रतिक्रिया