आइतबार, चैत ८, २०८२

काभा भलिबलको दोस्रो संस्करण पनि नेपालमा नै हुने

मेरोन्यूज २०८१ चैत ६ गते १५:३०

काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) का महिला नेसन्स लिग लगातार दोस्रो वर्ष पनि नेपालले आयोजना गर्ने भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

काभाले हालै सार्वजनिक गरेको वार्षिक क्यालेन्डर अनुसार प्रतियोगिता आगामी अक्टोबर ११ देखि १७ सम्म, काठमाडौंमा हुनेछ। नेपालले गत वर्ष पनि यो प्रतियोगिता आयोजना गरेको थियो ।

नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो । अहिले फेरी  नेपालले काभा महिला च्याम्पियन्स लिग–२०२५ आयोजना गर्ने जिम्मेवारी पुनः प्राप्त गरेको हो । यो प्रतियोगिता डिसेम्बर ७ देखि १४ सम्म हुनेछ ।

नेपालले यसअघि सन् २०२४ मा महिला च्यालेन्ज कप तथा गत वर्ष पुरुष क्लब च्याम्पियनसिप आयोजना गरेको थियो । 

प्रतिक्रिया