काठमाडौँ जिल्ला अदालतको आदेशविरुद्ध पाटन उच्च अदालतमा जाँदै रवि
मेरोन्यूज
२०८१ चैत ७ गते १०:४०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा काठमाडौं जिल्ला अदालतले दिएको आदेशविरुद्ध आज पुनरावेदनमा जाने भएका छन् ।
उनी आज बिहान ११ बजे पाटन उच्च आदालतमा गएर पुनरावेदन दिने स्रोतले बतायो ।स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा माघ ३ गते काठमाडौं जिल्ला अदालतले ६० लाख रुपैयाँ धरौटी लिएर थुनामुक्त गर्ने आदेश दिएको थियो।
फौजदारी कार्यविधि संहिताको दफा ६८ बमोजिम धरौटी माग गरिएकोमा चित्त नबुझी सो बेरितको आदेश बदर गरी दफा ६९ बमोजिम साधारण तारेखमा बसी मुद्दा पुर्पक्ष गरी पाऊँ भनी लामिछानेले दफा ७३ बमोजिम उच्च अदालतमा निवेदन दर्ता गराउन लागेका हुन्।
सम्बन्धित











कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
बैदेशिक राेजगारीमा पठाइदिने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ
गृहमन्त्री अर्याल सुर्खेतमा
तीन शीर्ष नेतासँग पहिलोपटक संवादमा प्रधानमन्त्री कार्की
राप्रपाको जनजागरणसभा पुस १२ गते झापामा हुने
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
प्रतिक्रिया