‘अगाङ्गतामैत्री र गुणस्तरीय पूर्वाधार निर्माणमा महानगर सचेत छ’

ललितपुर । ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले अगाङ्गतामैत्री र गुणस्तरीय पूर्वाधार निर्माणमा ललितपुर महानगर सचेत रहेको बताएका छन् ।
सङ्युक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को सहयोगमा स्वावलम्बन जीवन पद्धति केन्द्र ललितपुरले आज यहाँ आयोजना गरेको अपाङ्गतासम्बन्धी तथ्याङ्क विश्लेषणसहितको प्रतिवेदन सार्वजनिक कार्यक्रममा उनले सार्वजनिक भएको अपाङ्गतासम्बन्धी तथ्याङ्क अपाङ्गता भएकाहरूको हित काम गर्न महत्त्वपूर्ण सन्दर्भ सामग्रीका रूपमा उपयोग गर्ने बताए ।
“अपाङ्गता भएकाहरूका विभिन्न समस्या समाधानका लागि निरन्तर काम गर्दै आएका छौँ, अगाङ्गतामैत्री पूर्वाधार निर्माण गर्दै आएका छौँ । पूर्वाधार निर्माणमा गुणस्तरीय र अपाङ्गतामैत्री बनाउनेमा ललितपुर अगाडि छ भन्ने हाम्रो दाबी छ, अझै बन्ने धेरै परियोजना हामी अपाङ्गतामैत्री बनाउँदैछौँ”, उनले भने ।
महानगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले प्रतिवेदनले महानगरभित्र रहेका अपाङ्गता भएकाहरूको सङ्ख्या र परिचयपत्र लिनेहरूको अवस्थाबारेका जानकारीलाई व्यवस्थापन गर्न सहयोग पु¥याउने बताइन् । स्वावलम्बन जीवन पद्धति केन्द्र ललितपुरका अध्यक्ष भोजराज श्रेष्ठले महानगरले सार्वजनिक शौचालय, अपाङ्गतामैत्री लिप्ट, ¥याम्पलगायतका क्षेत्रमा सहयोग गरिरहेको बताए ।
महानगरका २९ वडाका तीन हजार २६ घरमा पुगेर सङ्कलन गरिएको तथ्याङ्कमा शारीरिक अपाङ्ता भएकाहरूको सङ्ख्या एक हजार ३३७ रहेको प्रतिवेदनमा उल्लेख छ ।















‘उज्यालो नेपाल अभियानमा अझ सशक्त रूपमा अघि बढ्ने’
कुनै डर, त्रास र धम्कीमा न्याय सम्पादन हुन सक्दैन : वरिष्ठतम् न्यायाधीश मल्ल
विदेश जाने नेपाली विद्यार्थीको पहिलो रोजाइमा जापान, व्यवस्थापन पढ्ने धेरै
मौसम धुम्म भइन्जेल सचेत रहन आग्रह
निर्वाचन सफल गरेकामा नेपाललाई इजरायलको बधाई
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते
हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कस्ले कति जिते ?
प्युठानमा रास्वपाका सुशान्त वैदिक विजयी, सूर्य थापा तेस्रो
प्रतिक्रिया