स्काइवेलको नयाँ शोरुम नक्सालमा

काठमाडौं । स्काइवेलको नयाँ शोरुम काठमाडौंको नक्सालमा खुलेको छ । यसअघि आधिकारीक बिक्रेता जी मोटर्सले भक्तपुरमा रहेको शोरुमबाट स्काइवेलका गाडी बिक्री गर्दै आएको थियो ।
चिनियाँ ब्राण्ड स्काइवेलको विद्युतीय एसयूभी ईटी-५ र बीई-११ मोडल अहिले नेपाली बजारमा बिक्री हुँदै आएका छन् । स्काइवेलको ठूलो एसयूभी ईटी-५ मा ८६ किलोवाट आवरको ब्याट्री उपलब्ध छ । कम्पनीले १ करोड १० लाख मूल्य तोकेर बिक्री गर्दै आएको छ ।
साथै, कम्पनीले ब्याट्री साइज कम गर्दै नाम पनि परिवर्तन गरेर बीई-११ एसयूभी उपलब्ध गराएको छ । यसको इन्ट्री भेरियन्टमा ५१ किलोवाट आवर र बीचको भेरियन्टमा ७१ किलोवाट आवरको ब्याट्री छ । मूल्य पनि क्रमशः ७५ लाख ९० हजार रुपैयाँ र ८५ लाख ९० हजार रुपैयाँ तोकेर बिक्री गर्दै आएको छ ।
कम्पनीले बिक्री गर्दै आएको सबै भेरियन्टमा मोटर साइज भने समान १५० किलोवाटको छ । यसअघि भक्तपुर नै पुगेर गाडी टच एण्ड फिल गर्नु पर्ने उपभोक्तालाई नक्सालमा शोरुम खुलेको कारण भक्तपुर पुग्नु पर्ने अवस्थाको अन्त्य भएको छ ।















अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
आयोगद्वारा सबै उम्मेदवारलाई निर्वाचन खर्च सार्वजनिक गर्न अनुरोध
अध्यक्ष दाहालद्वारा संसद् भवनको अनुगमन
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
भारतीय प्रधानमन्त्री मोदीसँग रवि र बालेनको फोनवार्ता
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
निर्वाचन सफलतापूर्वक सम्पन्न भएकाेमा नेपाललाई पाकिस्तानले दियो बधाई
पाँच इरानी महिला फुटबल खेलाडीलाई अष्ट्रेलियामा शरण
प्रतिक्रिया