ग्लोबल आईएमई बैंकका ग्राहकलाई लुम्बिनी मेडिकल कलेजमा २५ प्रतिशत छुट

काठमाडौं । ग्लोबल आईएमई बैंकका ग्राहकहरूले लुम्बिनी मेडिकल कलेज एन्ड शिक्षण अस्पताल विशेष छुट पाउने भएका छन् । बैंकले आफ्ना ग्राहकहरूले सो अस्पतालमा उपलब्ध हुने विभिन्न स्वास्थ्य सेवा लिँदा २५ प्रतिशतसम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।
सोसम्बन्धी सम्झौतापत्रमा बैंकका लुम्बिनी प्रदेश प्रमुख शान्ता शिवाकोटी र अस्पतालका अध्यक्ष गोपालबहादुर पोखरेलले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार अस्पतालले बैंकका डेबिट/क्रेडिट कार्ड एवं बैंकको मोबाइल एप (ग्लोबल स्मार्ट प्लस) प्रयोगकर्ताहरूलाई अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवा तथा औषधिमा लाग्ने शुल्कमा २५ प्रतिशतसम्म छुट प्रदान गर्नेेछ ।
अस्पतालले बैंकका ग्राहकहरूलाई अस्पतालको सामान्य बेड, प्रयोगशाला परीक्षण, एक्स–रे, अल्ट्रासोनोग्राफी, ओपीडी र अपरेसनलगायतका सेवाहरूमा २५ प्रतिशतसम्मको छुट प्रदान गर्नेछ ।
यस साझेदारीपश्चात् ग्लोबल आईएमई बैंकका ग्राहकहरूले गुणस्तरीय स्वास्थ्य सेवा सुविधाहरू उचित दरमा प्राप्त गर्ने र अस्पतालले स्वास्थ्य सेवा तथा सुविधाहरू विस्तार गर्न यस सहकार्यले सहयोग पुग्ने अध्यक्ष पोखरेलले बताए ।















खाडीमा इरानी आक्रमण, कच्चा तेलको मूल्य १०० डलर नाघ्यो
माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न
सभापतिबाट राजीनामा नदिन गगनलाई ललितपुरका जनप्रतिनिधिको आग्रह
चितवन कारागारबाट भागेका ११ भारतीयसहित १ सय कैदी अझै फर्किएनन्
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
एमाले उपाध्यक्ष पौडेलको अपिल : पार्टीकाे नीति, नेतृत्व र कार्यशैली फेरौँ
इलाम–१ मा कांग्रेसका निश्कल राई विजयी
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
प्रतिक्रिया