मण्डनदेउपुर र जापानको फुजिनोमिया नगरबीच भगिनी सम्बन्ध

काभ्रे । काभ्रेको मण्डनदेउपुर नगरपालिका र जापानको फुजिनोमिया नगरबीच भगिनी सम्बन्ध स्थापना भएको छ ।
भगिनी सम्बन्धका लागि मण्डनदेउपुरको विशेष निमन्त्रणामा जापानको फुजिनोमिया नगरका मेयर हितेतादा सुदो तथा नगर प्रमुख टोकबहादुर वाइबाले सम्झौतापत्रमा आइतबार हस्ताक्षर गरे ।
नगर कार्यपालिकाको कार्यालयमा आयोजित औपचारिक कार्यक्रममा दुवै मेयरले भगिनी सम्झौताले मण्डनदेउपुर र फुजिनोमिया नगरबीच धार्मिक, सांस्कृतिक तथा पर्यटकीय साझेदारीलाई सशक्त बनाउने विश्वास व्यक्त गरे । मेयर सुदोले नेपाल विशेषगरी काभ्रेपलाञ्चोकको सांस्कृतिक सम्पदाप्रति विशेष चासो व्यक्त गर्दै यो सम्बन्धले दुई नगरबीच आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउने बताए ।
त्यस्तै, नगर प्रमुख वाइबाले भगिनी सम्बन्धले मण्डनदेउपुरलाई अन्तर्राष्ट्रिय तहमा चिनाउने अवसर प्रदान गर्ने उल्लेख गरे । उनले नेपाल–जापान सम्बन्धलाई थप मजबुत बनाउादै धार्मिक पर्यटन प्रवर्द्धनमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।
दुई देशको नगरपालिकाबीच आपसी सहयोग तथा गहिरो भातृत्व सम्बन्ध र समझदारीलाई प्रवर्द्धन एवं संवर्द्धन गर्ने उद्देश्यले भागिनी सम्बन्ध कायम भएको मण्डनदेउपुर नगरपालिकाका उपप्रमुख विष्णुमणि नेपालले बताए ।
मण्डनदेउपुर नगरपालिकाको औपचारिक निमन्त्रणामा जापानको फुजिनोमिया नगरपालिकाका जनप्रतिनिधि, र प्रतिनिधि नेपाल आएका हुन् ।















अमेरिकी सैन्य विमान इराकमा दुर्घटना : चालक दलका छ जनाको मृत्यु
नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा
ओलीलाई बालेनको समवेदना- पिताको अनुपस्थितिले कति रित्तोपन ल्याउँछ, मलाई महसूस छ
कांग्रेसले चुनावमा अनुशासन उल्लङ्घनका उजुरीको अध्ययन गर्ने
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
यात्रु उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज आज राति दुबई प्रस्थान गर्दै
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
मध्यपूर्व द्वन्द्वको प्रभाव अफगान बालबालिकामा, सहयोग बढाउन युनिसेफको आग्रह
प्रतिक्रिया