मण्डनदेउपुर र जापानको फुजिनोमिया नगरबीच भगिनी सम्बन्ध

काभ्रे । काभ्रेको मण्डनदेउपुर नगरपालिका र जापानको फुजिनोमिया नगरबीच भगिनी सम्बन्ध स्थापना भएको छ ।
भगिनी सम्बन्धका लागि मण्डनदेउपुरको विशेष निमन्त्रणामा जापानको फुजिनोमिया नगरका मेयर हितेतादा सुदो तथा नगर प्रमुख टोकबहादुर वाइबाले सम्झौतापत्रमा आइतबार हस्ताक्षर गरे ।
नगर कार्यपालिकाको कार्यालयमा आयोजित औपचारिक कार्यक्रममा दुवै मेयरले भगिनी सम्झौताले मण्डनदेउपुर र फुजिनोमिया नगरबीच धार्मिक, सांस्कृतिक तथा पर्यटकीय साझेदारीलाई सशक्त बनाउने विश्वास व्यक्त गरे । मेयर सुदोले नेपाल विशेषगरी काभ्रेपलाञ्चोकको सांस्कृतिक सम्पदाप्रति विशेष चासो व्यक्त गर्दै यो सम्बन्धले दुई नगरबीच आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउने बताए ।
त्यस्तै, नगर प्रमुख वाइबाले भगिनी सम्बन्धले मण्डनदेउपुरलाई अन्तर्राष्ट्रिय तहमा चिनाउने अवसर प्रदान गर्ने उल्लेख गरे । उनले नेपाल–जापान सम्बन्धलाई थप मजबुत बनाउादै धार्मिक पर्यटन प्रवर्द्धनमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।
दुई देशको नगरपालिकाबीच आपसी सहयोग तथा गहिरो भातृत्व सम्बन्ध र समझदारीलाई प्रवर्द्धन एवं संवर्द्धन गर्ने उद्देश्यले भागिनी सम्बन्ध कायम भएको मण्डनदेउपुर नगरपालिकाका उपप्रमुख विष्णुमणि नेपालले बताए ।
मण्डनदेउपुर नगरपालिकाको औपचारिक निमन्त्रणामा जापानको फुजिनोमिया नगरपालिकाका जनप्रतिनिधि, र प्रतिनिधि नेपाल आएका हुन् ।










महिला टी-२० विश्वकप ग्लोबल छनोटको तालिका सार्वजनिक
काठमाडौँमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
काठमाडौँको तापक्रम आज यस वर्षकै कम
जेनजी आन्दोलनमा भागेका दुई नाबालकसहित ११ कैदी पक्राउ
पाँच महिनामा साढे ६ खर्ब व्यापार घाटा
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
प्रतिक्रिया