एमालेका पत्रकारले उम्मेदवारी दिँदा कसले कति तिर्नुपर्ने?
मेरोन्यूज
२०८१ चैत १० गते १६:१६

काठमाडौं । एमाले पार्टीनिकट पत्रकारहरूको संगठन प्रेस चौतारीको दसौं महाधिवेशन विराटनगरमा चलिरहेको छ।
आइतबारबाट सुरू एमाले पत्रकारहरूको महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ। यसैबीचमा निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ। जसमा मतदानको समय नै छैन।
तैपनि, एमालेका पत्रकारहरूको उम्मेदवारको शुल्क निर्धारण सार्वजनिक गरिएको छ।
पार्टीको बचाऊमा कार्यकर्ताभन्दा बढी सक्रिय रहने चौतारीको अध्यक्षका लागि उम्मेदवारी दिँदा ३५ हजार तिर्नुपर्छ।
यस्तै, पदाधिकारीले २५ हजार, आयोगका अध्यक्षले १५ हजार र केन्द्रीय सदस्य तथा आयोगका सदस्यहरूले १० हजार रुपैयाँ तिर्नुपर्ने छ।
निर्वाचन परिणाम अपराह्न साढे ४ बजे घोषणा गरिने कार्यतालिका छ। निर्वाचनको कार्यक्रम विराटनगरको होटल मनास्लुमा राखिएको छ।

सम्बन्धित















अध्यक्ष दाहालद्वारा संसद् भवनको अनुगमन
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
पेट्रोलीयम पदार्थकाे सुरक्षामा चीनको कडाइ
महावीर पुनमाथि अभद्र व्यवहार गर्ने एक जना पक्राउ
किशोरी साहको नाम कालोसूचीमा नराख्न सर्वोच्चको अन्तरिम आदेश
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
गृहमन्त्री अर्याल काठमाडौँ प्रहरी परिसरमा !
भारतीय प्रधानमन्त्री मोदीसँग रवि र बालेनको फोनवार्ता
पाँच इरानी महिला फुटबल खेलाडीलाई अष्ट्रेलियामा शरण
प्रतिक्रिया