एमालेका पत्रकारले उम्मेदवारी दिँदा कसले कति तिर्नुपर्ने?
मेरोन्यूज
२०८१ चैत १० गते १६:१६

काठमाडौं । एमाले पार्टीनिकट पत्रकारहरूको संगठन प्रेस चौतारीको दसौं महाधिवेशन विराटनगरमा चलिरहेको छ।
आइतबारबाट सुरू एमाले पत्रकारहरूको महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ। यसैबीचमा निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ। जसमा मतदानको समय नै छैन।
तैपनि, एमालेका पत्रकारहरूको उम्मेदवारको शुल्क निर्धारण सार्वजनिक गरिएको छ।
पार्टीको बचाऊमा कार्यकर्ताभन्दा बढी सक्रिय रहने चौतारीको अध्यक्षका लागि उम्मेदवारी दिँदा ३५ हजार तिर्नुपर्छ।
यस्तै, पदाधिकारीले २५ हजार, आयोगका अध्यक्षले १५ हजार र केन्द्रीय सदस्य तथा आयोगका सदस्यहरूले १० हजार रुपैयाँ तिर्नुपर्ने छ।
निर्वाचन परिणाम अपराह्न साढे ४ बजे घोषणा गरिने कार्यतालिका छ। निर्वाचनको कार्यक्रम विराटनगरको होटल मनास्लुमा राखिएको छ।

सम्बन्धित













दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
प्रतिक्रिया