ओसकार विजेता फिल्मका निर्देशकमाथि कुटपिट

काठमाडौं ।ओसकार विजेता चलचित्र ‘नो अदर ल्यान्ड’का सह निर्देशक हमदान बलाललाई वेस्ट बैङ्कमा रहेका इजरायलीले पिट्नु साथै सेनाले नियन्त्रणमा लिएर गएका छन्। उनका सहकर्मी अर्का फिल्म निर्देशक बासेल आड्राले बताए अनुसार बलालको निमन्त्रणमा उनी त्यस दिन त्यसतर्फ गएका थिए।
त्यसै समयमा उनले बलाल र अन्य एक जनालाई सेनाले लिएर गएको देखेका थिए। बलालको घर बाहिर त्यस स्थानमा बसोबास गर्ने इजरायलीले टुङ्गा प्रहार गरेका थिए।इजरायली सेना र सुरक्षा निकायका व्यक्ति पनि त्यही थिए। कोही नजिक भएमा गोली प्रहार गर्ने तयारीमा उनीहरू थिए।
इजरायली सेनाले भने दुई पक्षको बिचमा झडप भइरहेको कारण आफूहरू उपस्थित भएको दाबी गरेको छ। साथै इजरायलीमाथि ढुङ्गा प्रहार भएकाले बचाउनका लागि आफूहरूले प्यालेस्टाइनीलाई गिरफ्तार गरेको जनाएको छ।
इजरायली सेनाले तीन प्यालेस्टाइनी र एक इजरायली सेनालाई सोधपुछका लागि लगिएको बताएको छ। सेन्टर फर जेविस नन भ्वाइलेन्स नामको संस्थामा पाँच अमेरिकी अधिकारकर्मीले पनि आफूहरूलाई इजरायलीले कुटपिट गरेको बताएका छन्।
दर्जानौ इजरायलीले गाउँमा प्रवेश गरेर छुरा लगायत हतियारले प्रहार गरेका थिए।










तनावका बीच इरानले गर्याे क्षेप्यास्त्र परीक्षण
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रवि लामिछाने र बालेनबीच भेटवार्ता
कांग्रेस क्रियाशील सदस्यताको फारम पुस ९ गते भित्र भर्नुपर्ने
क्षेप्यास्त्र कार्यक्रममा कुनै सम्झौता हुँदैन -इरान
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
प्रतिक्रिया