विश्वकप छनोटमा इंग्ल्यान्डको जित
मेरोन्यूज
२०८१ चैत ११ गते ८:४५

काठमाडौं । युरोपेली राष्ट्रको विश्व कप छनोट खेलको सोमबार राति भएको समूह केको खेलमा इंग्ल्यान्डले लाट्भियालाई ३-० ले हराएको छ।
पहिलो हाफमा नै रिस जेम्सले २० यार्डबाट घुमाउरो फ्रिकिक प्रहार गर्दै शानदार गोल गरे। ६८ औँ मिनेटमा डेकलन राइसको पासमा कप्तान हेरी केनले गोल गरे। इंग्ल्यान्डका लागि खेलिएका १०५ औँ खेलमा उनको सो ७१ औँ गोल हो। इबरेजी इजेले ७६ औँ मिनेटमा गोल गरे।
समूह ‘के’ कै अर्को खेलमा अल्बानियाले एन्डोरालाई ३-० ले हरायो। समूह ‘एच’मा बोस्निया हर्ज गोभिनाले साइप्रसलाई २-१ ले तथा रोमानियाले सान मारिनोलाई ५-१ ले हराए।
समूह ‘जी’मा लिथुवानिया र फिनल्यान्डको खेल २-२ गोलको बराबरी भयो। यसैगरी, पोल्यान्डले माल्टालाई २-० ले हरायो।
सम्बन्धित















मिथिलाञ्चलमा आजदेखि चैती छठ सुरु
राष्ट्रपतिद्वारा पानीको समान पहुँच सुनिश्चित गर्न आह्वान
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
प्रतिक्रिया