प्रधानमन्त्री रोजगार कार्यक्रमः नमोबुद्धमा तालिम

काभ्रेपलाञ्चोक। प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत नमोबुद्ध नगरपालिकामा ‘श्रमको सम्मान–राष्ट्रको अभियान’ कार्यक्रम सञ्चालन भएको छ । अभियानअन्तर्गत पहिलो चरणमा नगरका ४० जना युवायुवतीलाई समेटेर ५० दिने प्लम्बिङ र डकर्मी तालिमको व्यवस्था भएको हो ।
प्रधानमन्त्री रोजगार कार्यक्रमको युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजनामार्फत सशर्त अनुदान शीर्षकमा विनियोजित कार्यस्थलमा आधारित सीप विकास तालिम सञ्चालन गरिएको नमोबुद्ध नगरपालिकाका रोजगार संयोजक अमृत खनालले बताए।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सञ्चालन गर्दै आएको उक्त कार्यक्रममा नगरक्षेत्रमा बसोबास गर्ने १८ देखि ५९ वर्ष उमेर समूह, स्थानीय जनप्रतिनिधि, नागरिक समाज, वडा समिति, स्थानीय निर्देशक समिति तथा अन्य सरोकारवालाको सहभागितामा उक्त नगरका ११ वटै वडामा अभिमुखीकरण आयोजना गरिएको थियो । त्यसअघि नगरभित्रका विभिन्न वडामा साझेदारीमा वडागत योजनामार्फत ६५ बेरोजगारलाई एक सय दिनको रोजगारी दिइएको थियो ।










काठमाडौँ महानगरका १०७ विद्यालय खारेज गर्ने तयारी
कक्षा १२ को परीक्षा फाराम खुल्यो, आंशिकले पनि भर्न पाउने
एमाले महाधिवेशनपछि आज पहिलोपटक प्रदेश र जिल्ला कमिटीको भर्चुअल बैठक
दुई संसदीय समितिको बैठक बस्दै
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
प्रतिक्रिया