‘मेड इन नेपाल’ क्रेटा आईसीई सार्वजनिक
मेरोन्यूज
२०८१ चैत ११ गते १४:१३

काठमाडौँ । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले क्रेटा आइस (मेड इन नेपाल) सार्वजनिक गरेको छ ।
क्रेटा आईसीईको प्रारम्भिक मूल्य रु. ५३,९६,००० राखिएको छ । याे २०२५ मा आयात गरिने आइस मोडलहरूको मूल्यमा तुलना गर्दा ९ करिब लाख कम हाे ।
हुन्डाईले नेपालमा सन् २०१५ बाट क्रेटाको बिक्री सुरुवात गरेको थियो ।
विभिन्न ५ भेरिएन्टमा उपलब्ध हुन्डाई क्रेटाको मूल्य क्रमशः ५३ लाख ९६ हजार, ६३ लाख ९६ हजार, ६६ लाख ९६ हजार, ६७ लाख ९६ हजार र ७८ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।
नेपालीमा हाल १० हजार युनिट भन्दा बढी हुन्डाई क्रेटा प्रयोगमा रहेको कम्पनीको भनाइ छ ।


सम्बन्धित
प्रतिक्रिया