खड्का गाउँमा भएको हत्याको घटनामा संलग्न रहेको अभियोगमा १६ जना पक्राउ

काठमाडौं। प्रहरीले काठमाडौंको खड्का गाउँमा सोमबार साँझ एक जनाको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा १६ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूलाई आज सार्वजनिक गरिएको छ।
काठमाडौं महानगरपालिका–१४ खड्का गाउँस्थित सडकखण्डमा दुई समूहबीच भएको झगडामा दोलखा (साविकको भेड्पु गाविस) हाल मेलुङ गाउँपालिका–४ स्थायी घर भई काठमाडौंको चन्द्रागिरि नगरपालिका–७ बस्ने २३ वर्षीय अभय भन्ने अबे तामाङको मृत्युभएको थियो। पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ घर भई हाल काठमाडौं नागार्जुन–१० स्युचाटार बस्ने २१ वर्षीय आशिष श्रेष्ठसमेतका व्यक्तिहरूले धारिलो हतियार तथा फलामको रड प्रहार गरी घाइते बनाएकामा निजको उपचारको क्रममा मृत्यु भएको थियो।
सोही घटनाको अनुसन्धानका क्रममा १६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए। पक्राउ परेकालाई आज जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान सुरु गरिएको उनले बताए।
पक्राउ पर्नेमा २१ वर्षीय आशिष श्रेष्ठ, धादिङको गल्छी गाउँपालिका–५ का २१ वर्षीय सुजन तामाङ, काठमाडौंको चन्द्रागिरि–१५ बस्ने २७ वर्षीय राज अर्याल, सिन्धुलीको कमलामाई–११ का २० वर्षीय डेनियल विश्वकर्मा, बागमती–५ सर्लाहीका २० वर्षीय निश्चल ब्लोन तामाङ, सुनसरीका १९ वर्षीय सुशान श्रेष्ठ, सिद्धलेक गाउँपालिका–७ धादिङका २३ वर्षीय विनय आलेमगर, ताप्ली गाउँपालिका–७ उदयपुरका २१ वर्षीय खेमराजबहादुर मगर, गोरखा गण्डगी गाउँपालिका–१ का २२ वर्षीय रन्जित श्रेष्ठ रहेका छन्।
यसैगरी ताप्ली गाउँपालिका–७ उदयपुरका २० वर्षीय साङ्गे तामाङ, काठमाडौं नागार्जुन–९ स्युचाटार बस्ने २५ वर्षीय अजित बुढाथोकी, सोही स्थानकै २५ वर्षीय रोहित खड्का, नवलपरासी पूर्व, देवचुली नगरपालिका–९ का २० वर्षीय प्रवीन झेडी, तनहुँको व्यास नगरपालिका–१० का १९ वर्षीय गौतमकमल जोगी, सुनसरीको धरान उपमहानगरपालिका–७ का २२ वर्षीय प्रवेश गुरुङ तथा काठमाडौंको दक्षिणकाली नगरपालिका–१ का २२ वर्षीय डेबिड घले रहेका प्रवक्ता बोहराले बताए।










भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु
निर्वाचन बिथोल्ने गतिविधी नगर्न प्रचण्डकाे चेनावती
देशलाई निकास दिन सभापति छाड्न तयार छु, तर चुनावका लागि मात्रै भए सरी : रवि लामिछाने
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
जेनजीको रगतको थोपा खेर जान दिन्नँ – रवि लामिछाने
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया