मेरो कमजोरीप्रति आत्मालोचित छु, सच्याउने प्रयास गर्छु : बामदेव गौतम

काठमाडौँ । नेकपा एमालेका नेता बामदेव गौतमले आफूबाट केही कमी कमजोरी भएको भन्दै आत्मालोचना गरेको बताएका छन् । १३२ औँ श्रमिक दिवसको अवसरमा आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत विज्ञप्ति पेश गर्दै उनले आत्मालोचना गरेको बताएका हुन् ।
‘मबाट पनि यसबीच केही कमजोरी र गल्ती भएका छन्, आफ्ना गल्ती र कमी कमजोरीप्रति आत्मालोचित छु तिनलाई सच्याउन लागि परेको पनि छु,’ नेता गौतमले भने, ‘भविष्यमा सबै क्रमश: स्पष्ट हुँदै जाने छ ।’
उनले आजकै दिन संगठित सर्वहारा वर्गले आफ्नो रगतको आहालमा उभिएर संसारभरिका आततायी पूँजीपतिहरूका विरुद्ध सफलता घोषणा गरेको दिन भएको बताएका छन् । मे दिवसकै बाटोमा दृढतापूर्वक अगाडि बढेर नेपाली श्रमजीवी वर्गले ऐतिहासिक सफलता प्राप्त गरेको उल्लेख गर्दै उनले श्रमजीवी वर्गका नेताहरू सत्ता स्वार्थ प्रेरित हुँदा आन्दोलन छियाछिया भएको बताए ।
‘सत्तामा बसेकाहरूको गतिविधिलाई रोक्न सकिएन भने प्रतिगमन प्रतिस्थापित हुनेछ, ऐतिहासिक उपलब्धि समाप्त हनेछन् र नेपालीको उज्ज्वल भविष्य जोडिएको सवृद्ध समाजवादमा पचासौँ वर्षसम्म पर्दा लाग्नेछ,’ उनले भने । यस अवसरमा उनले कम्युनिस्ट आन्दोलनमा लागेका सबै नेता–कार्यकर्ताहरूले आफ्ना गल्ती कमजोरीप्रति आत्मालोचित गर्दै पुनः एकताबद्ध हुने बेला आएको बताए ।










९५७ ग्राम खैरो हिरोइनसहित चार जना पक्राउ
एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत, सेना परिचालन गर्न रक्षा मन्त्रालयलाई पत्र
शेयर बजार र घरजग्गा कारोबार चलायमान बनाउन आवश्यक: अर्थमन्त्री खनाल
निर्वाचन आयोगमा नयाँ दल दर्ता र खारेजीको क्रम जारी
कलैयाका पूर्वनिमित्त डिभिजन प्रमुखसहित ४ जनाविरुद्ध मुद्दा दायर
आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
सन्तोष परियारले छाडे रास्वपा
सन्तोष परियारले किन त्यागे रास्वपा ? यस्ताे छ उनकाे राजीनामा पत्र
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
प्रतिक्रिया