हेटौंडामा देवरले गरे भाउजुको हत्या, दाइ गम्भीर घाइते

हेटौँडामा देवरले भाउजूको हत्या गरेका छन्। हेटौँडा-१ चौकीटोल निवासी २२ वर्षीय राहुल दासले बुधबार (हिजो) खुकुरी प्रहार गरेर आफ्नै जेठी भाउजूको हत्या गरेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
राहुलले भाउजू ३५ वर्षीया गुडिया दासलाई बुधबार दिउँसो खुकुरी प्रहार गरी हत्या गरेका हुन्। राहुलको आक्रमणबाट उनका माइलो दाजु रुपेश दाससमेत घाइते भएका छन्।
उनको हेटौँडास्थित मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी निरीक्षक ठाकुर प्रसाद सापकोटाका अनुसार राहुलले माइलो दाइलाई खुकुरीले आक्रमण गरेको भन्ने खबर पाएर पुगेको प्रहरीले उनलाई पक्राउ गरेर दिउँसो जिल्ला प्रहरी कार्यलयमा ल्याएको थियो।
घरका सदस्यहरुले जेठी बुहारी गुडियालाई नदेखपछि खोजतलास गर्ने क्रममा घरको माथिल्लो तल्लामा बन्द कोठा भित्र मृत अवस्थामा फेलाका थिए।
प्रहरी निरीक्षक सापकोटाले राहुलले माइलो दाइ रुपेशलाई भन्दा पहिला भाउजूलाई खुकरी प्रहार गरेर कोठामा बन्द गरेको हुनसक्ने अनुमान गरे।
राहुललाई प्रहरीले पक्राउ गरेको छ। राहुलले किन भाउजू र माइलो दाइमाथी आक्रमण गरे भन्ने खुलेको छैन।
प्रहरी निरीक्षक सापकोटाका अनुसार गुडियाका ३ सन्तान छन्। उनका श्रीमान रोशन दास रोजगारीको सिलसिलामा कतारमा रहेका पारिवारिक स्रोतले जनाएको छ। घटनाको बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।
















बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान : मेघगर्जनसहित भारी वर्षाको सम्भावना
आज वैशाख २१ गते सोमबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
प्रतिक्रिया