सिनामंगलबाट लागूऔषधसहित दुई जना सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाडौं । सशस्त्र प्रहरी बलले चैत्र १४ गते दिउँसो काठमाडौ महानगरपालिका–९ सिनामंगलबाट करीव ७ किलोग्राम पोलाइन्ड नामक लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिईएकाहरु खोटाङको लामिडाँडा–७ घर भई काठमाडौ महानगरपालिका–३१ गौशाला बस्ने २१ वर्षिय सागर श्रेष्ठ र चितवनको भरतपुर महानगरपालिका–५ खोलेसिमल घर भई काठमाडौँ महानगरपालिका–३१ सिनामंगल बस्ने ४५ वर्षिय लक्ष्मि परियार छन् ।
उनीहरुलाई लागूऔषध किनबेच गरिरहेको भन्ने सशस्त्र प्रहरी बल इन्टेलिजेन्स ब्युरोको विशेष सूचनाको आधारमा लागूऔषधसहित नियन्त्रणमा लिइएको हो । साथै उनीहरुले प्रयोग गरिरहेको दुई थान मोटरसाईकल, ६ थान मोवाईल र केही नगद समेत बरामद गरिएको छ ।
नियन्त्रणमा लिईएका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहिको लागि सम्बन्धित निकायमा बुझाईएको छ ।
यसअघि सशस्त्र प्रहरीले गत फागुन १ गते काठमाडौको गोकर्णेश्वर नगरपालिका–६ जोरपाटीस्थित नयाँ बस्ती र भदौ २२ गते काठमाडौ महानगरपालिका–३२ कोटेश्वरबाट ५र५ किलोग्राम सोही लागूऔषधसहित तीन जना युवकलाई नियन्त्रणमा लिई सम्बन्धित नियकायमा बुझाएको थियो ।










प्रोटोन ईमासले काठमाडौँ र चितवनमा विशेष एक्सचेन्ज अफर
बल्खुमा ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु
यू–१९ एसिया कप : नेपालले अफगानिस्तानलाई दियो १२५ रनको लक्ष्य
काठमाडौँ-७ बाट कांग्रेसका १९ उम्मेदवार सिफारिस
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
प्रतिक्रिया