ललितपुरको तीनवटा वडा जोड्ने नख्खु खोला पुलको उद्घाटन

ललितपुर । ललितपुर महानगरपालिका वडा नम्बर १४, २६ र २५ जोड्ने नख्खु खोला पुलको समुद्घाटन गरिएको छ । बिहीबार ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनको उपस्थितीमा नख्खु खोला पुलको समुद्घाटन गरिएको हो ।
उक्त पुल उद्घाटन गर्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले पुल नभएकै कारण धेरैले अकालमै ज्यान गुमाएकै कारणले धेरै ठाउँमा पुल निर्माणदेखि लिएर शिलान्यास गरिसकेको बताए ।
उनले नगरपालिका र कर्मचारिहरुको पहिलो प्राथमिकता भनेको नगरवासीहरुलाई एउटा सानोतिनो घाउ पनि नलागोस् भन्ने उद्देश्यले नै आफूहरु अनवरत रुपमा काम गरिराखेको बताए ।
उनले भने, ‘पुल नभएकै कारण धेरैले अकालमै ज्यान गुमाउनुभयो । त्यसकारण हामीले धेरै ठाउँमा पुल निर्माणदेखि लिएर शिलान्यास गरिसकेका छौं । हालसम्मको तथ्यांक हेर्ने हो भनेपनि पुल नभएको कारणले करिब १६ जनाले ज्यान गुमाउन पुगे ट्राफिक दुर्घटनामा । त्यसैले ट्राफिक दुर्घटनालाई हटाउनका लागि महानगरपालिकाले विभिन्न ठाउँमा पुलहरु निर्माण गरिरहेको छ । नगरपालिका र कर्मचारिहरुको पहिलो प्राथमिकता भनेको नगरवासीहरुलाई एउटा सानोतिनो घाउँ पनि नलागोस् भन्ने नै हो ।त्यसैले हामी अनवरत रुपमा काम गरिरहेका छौं।’
यसैगरी उनले प्रशासकिय अधिकृत ललितपुर महानगरपालिकामा आइसकेपछाडि ललितपुरको विकास पूर्णमय भएको बताए ।उनले अब निकट भविष्यमै कुसुन्तीमा एउटा अपांगमैत्री पुल सञ्चालनमा आउने समेत जानकारी गराए ।
उनले भने, ‘प्रशासकीय अधिकृत ललितपुर महानगरपालिकामा आइसकेपछाडि यहाँको विकास चाँही पूर्णमय भएको छ । तीनवटा पुल नै उद्घाटन गरिसकेका छौं । अर्को पुलको शिलान्यास भइसकेको छ, अब निकट भविष्यमै कसुन्तीमा एउटा अपांगमैत्री पुल बनाइरहेका छौं, त्यसमा चक्रपथ क्रस गर्नका लागि हामी साधारण मान्छे वारपार गर्न सक्छौं तर अपांगहरुको लागि पनि केही गरौं न भनेर अपांमैत्री पुल बनाएका हौं ।’











कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल
दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति
मुग्लिनमा आजदेखि सुन्तला महोत्सव
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
प्रतिक्रिया