भूकम्पका कारण म्यान्मा र थाइल्यान्डमा मृत्यु हुनेको संख्या १५० पुग्यो

म्यानमा । म्यान्मा र थाइल्यान्डमा शुक्रबार गएको शक्तिशाली भूकम्पमा परी लगभग १५० जनाको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन् । दर्जनौँ मानिस भत्किएका भवनहरूमा फसेका छन् । मृत्यु हुनेको संख्या बढ्ने अनुमान गरिएको छ ।
शुक्रबार दिउँसो सागिङ सहरको उत्तरपश्चिममा ७.७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षणले जनाएको छ । केही मिनेटपछि सोही क्षेत्रमा ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।
भूकम्पले म्यान्माका ठूला भागहरूमा भवन ध्वस्त बनाएको छ भने पुलहरू भत्किएका छन् । सडकहरू भत्किनुका साथै सयौँ किलोमिटर टाढा बैंककमा सोत निर्माणाधीन ३० तले गगनचुम्बी भवन पनि भत्किएको छ ।
यद्यपि प्रकोपको पूर्ण क्षतिबारे अझै खुल्न सकेको छैन । गृहयुद्धबाट प्रभावित म्यान्माका नेताले अन्तर्राष्ट्रिय सहायताको लागि अपिल गरेका छन् ।
जन्टाका प्रमुख मिन आङ ह्लिङले १४४ जनाको ज्यान गएको र ७३२ जना घाइते भएको बताए । साथै, उनले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताए । थाइल्यान्डमा अहिलेसम्म तीनजनाको मृत्यु भएको पुष्टि भएको छ ।
“केही ठाउँमा, केही भवनहरू भत्किए,” राजधानी नेपिडावको एक अस्पतालको भ्रमणपछि टेलिभिजनमा सम्बोधन गर्दै उनले भने ।
“म कुनै पनि देश, कुनै पनि संस्था वा म्यान्माका जो कोहीलाई पनि सहयोग गर्न आउन आमन्त्रित गर्न चाहन्छु । धन्यवाद ।”
उनले विपत्तिपछि व्यापक राहत प्रयास गर्न आग्रह गरेका छन् । विदेशी सहायताका लागि सबै बाटो खोलिएको उनले बताए ।















कस्तो छ देशको आर्थिक अवस्था ? अर्थ मन्त्रालयले सार्वजनिक गर्याे स्थितिपत्र
बतास एमएडब्लु कमर्सियल भेहिकल्सले मनायो तेस्रो वार्षिकोत्सव, देशभर सामाजिक अभियान संचालन
सिटिजन्स बैंक खुला टेनिस: निहाल, प्रदीप र निसान विजयी
सुदूरपश्चिम प्रदेश प्रमुखद्वारा बजेट अधिवेशन आह्वान
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
प्रतिक्रिया