बुधबार, फागुन २७, २०८२

पूर्वराजाको सुरक्षामा खटिएका टोली परिवर्तन, संख्या पनि घटाइयो

मेरोन्यूज २०८१ चैत १६ गते ९:२२

काठमाडौ । पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा खटिएका सुरक्षा टोली परिवर्तन गरेकाे छ र संख्या पनि घटाएको छ । त्यहाँ खटिएको २६ जनाको टोलीलाई फिर्ता बोलाएर १६ जनाको नयाँ टोली खटाइएको सशस्त्र प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ।

Advertisement
nepal life insurencenepal life insurence

 ज्ञानेन्द्र निवासमा डीएसपी जगदीश हमालको कमान्डमा २६ जनाको टोली खटिएको थियो। उक्त टोलीलाई फिर्ता बोलाएर ९ नं बाहिनी बलम्बुमा कार्यरत डीएसपी प्रमोद प्रकाश पाठकको कमान्डमा १६ जनाको टोली खटाइएको हो।

भीभीआईपीको सुरक्षा मापदण्डअनुसार १६ जना पाउने भए पनि सरकारले यसअघि २६ जना खटाउँदै आएको थियो।शुक्रबारको हिंसात्मक घटना ज्ञानेन्द्रकै कारण भएको निष्कर्ष निकाल्दै सरकारले उनलाई दिएको सुविधामा पुनर्विचार गर्ने क्रममा सुरक्षाकर्मीको टोली परिवर्तन र संख्या घटाउने निर्णय लिएको हो।

प्रतिक्रिया