ब्राजिलका सबै नागरिकले सन् २०२१ भित्र कोरोनाको खोप लगाइसक्ने

ब्रासिलिया । ब्राजिलका सबै नागरिकले यही सन् २०२१ को अन्त्यसम्ममा कोभिड विरुद्धको खोप लगाइसक्ने बताइएको छ ।
ब्राजिलका स्वास्थ्यमन्त्री मर्सेलो कोरेंगाले यही सन् २०२१ को अन्त्यसम्ममा सबै ब्राजिलियनहरुलाई कोभिडका विरुद्धको खोप लगाइसक्ने गरी देशव्यापी रुपमा खोप लगाइएको जानकारी दिए ।
‘हामीसँग पर्याप्त मात्रामा खोप छ, हामीले यो वर्षको अन्त्यसम्ममा नै सबै ब्राजिलियनहरुलाई खोप लगाउने गरी प्रक्रिया अगाडि बढाएका छौँ हामीले खोप दिने छौं’, स्वास्थ्यमन्त्री मर्सेलोले भने।
शुक्रबार ब्राजिलको ब्रासिलियामा विश्व स्वास्थ्य संगठनसँगको संयुक्त पत्रकार सम्मेलनका क्रममा स्वास्थ्यमन्त्री मर्सेलोले सो कुराको जानकारी दिए । उनका अनुसार ब्राजिलले यसै वर्षको अन्त्यसम्ममा करिब ५० करोड खोप प्राप्त हुने अपेक्षा गरिएको छ । तर यदि ब्राजिलसँग छैन भने पनि विश्वका अरु देशसँग सहयोग माग्ने छौँ उनले भने ।
ब्राजिल विश्वमा अमेरिकापछिको सबैभन्दा बढी कोरोना प्रभावित देश हो । ब्राजिलमा अहिलेसम्म १ करोड ४५ लाखभन्दा बढी नागरिकका कोरोना संक्रमण भएको छ । ती मध्ये ४ लाख भन्दा बढीको त ज्यानै गएको पनि समाचारमा जनाइएको छ ।









टस जितेर काठमाडौँविरुद्ध बलिङमा चितवन
२२ सयले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
कैलालीमा खैरो हेरोइनसहित ४ जना पक्राउ
विद्युत् नियमन आयोगलाई साफिरको सदस्यता लिन स्वीकृति
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
दाहसंस्कारका लागि ल्याइएकी महिला कफिनभित्र जीवित भेटिएपछि…
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध मुस्लिम महिलाको गम्भीर आपत्ति : विरोधमा कार्यक्रम गर्दै
प्रतिक्रिया