जनकपुरमा हत्याको बिरोधमा उत्रिएका स्थानीय र प्रहरीबीच झडप
मेरोन्यूज
२०८१ चैत १६ गते १६:११

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–२३ स्थित बिन्धीमा युवक हत्याको विरोधमा प्रदर्शनमा उत्रिएका स्थानीय र प्रहरीबीच झडप भएको छ ।
जनकपुरधाम–भिठामोड सडकखण्ड अवरुद्ध गर्दै प्रदर्शन गरिरहेका स्थानीयलाई प्रहरीले लाठीचार्ज गरेपछि झडप भएको हो । झडपका क्रममा एक दर्जनभन्दा बढी स्थानीय तथा केही प्रहरीसमेत घाइते भएको बताइएको छ ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले एक दर्जन राउण्ड अश्रुग्याससमेत प्रहार गरेको छ । १५ दिनअघि होलीको दिन जनकपुरधाम–२३ बिन्धीमा १७ वर्षीय आशु यादवको चक्कु प्रहार गरी हत्या गरिएको थियो ।
घटनामा संलग्न भनिएको एक युवक पक्राउ परे पनि अन्य ६ जना अझै फरार रहेका छन् । हत्यामा संलग्न अन्य व्यक्तिहरूलाई प्रहरीले अझै पक्राउ नगरेको भन्दै स्थानीय आन्दोलित बनेका छन् । उनीहरूले बिहानैदेखि सडक अवरुद्ध गर्दै विरोध प्रदर्शन गरेका थिए ।
सम्बन्धित











आज त्रिविको ५१ औँ दीक्षान्त समारोह, प्रमुख अतिथिमा नोबेल पुरस्कार विजेता
आज क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा ‘क्रिसमस डे’ मनाउँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
आजका लागि विदेशी मुद्राको विनिमयदर
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
पूर्वराष्ट्रपति भण्डारीकाे राजतन्त्रबारे अभिव्यक्ति सुन्दा उदेक लाग्योः प्रदीप ज्ञवाली
प्रतिक्रिया