म्यान्माका लागि रेडक्रसद्वारा १० करोड डलर माग

एजेन्सी । अन्तर्राष्ट्रिय रेडक्रस तथा रेड क्रिसेन्ट सोसाइटीले म्यानमारमा गएको विनाशकारी भूकम्प पीडितको सहयोगका लागि १० करोड अमेरिकी डलरभन्दा बढीको आपतकालीन सहायताका लागि आइतबार अपिल गरेको छ ।
विश्वको सबैभन्दा ठूलो मानवीय सञ्जाल आईएफआरसीले शुक्रबार मध्य शहर मान्डले नजिकै गएको ७.७ म्याग्निच्यूडको भूकम्पमा म्यान्मामा व्यापक क्षति पुगेको जनाइएको छ ।
आईएफआरसीले भनेको छ, “सहयोगका लागि आईएफआरसीले १० करोड स्विस फ्रान्क (११ करोड ५० लाख) को आपतकालीन रकमको माग गर्दछ । उक्त रकम करिब २० हजार घरपरिवारका एक लाख व्यक्तिलाई आगामी २४ महिनाका लागि जीवन–बचत राहत र प्रारम्भिक उद्धार सहायताको लागि खर्च गरिनेछ ।”
तापक्रम वृद्धि र केही हप्ताभित्र मनसुनको मौसम नजिकिँदै गरेकोले ‘गौण सङ्कट आउनुअघि’ प्रभावित समुदायलाई तत्काल व्यवस्थापन गर्न आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ ।
“यो विपत्ति मात्र होइन”, आईएफआरसीका एसिया प्रशान्त क्षेत्रीय निर्देशक अलेक्जेन्डर माथेउले भने,“यो एक जटिल मानवीय सङ्कट हो।”
म्यानमाले अझै पनि आन्तरिक विस्थापन र खाद्य असुरक्षाको सामना गरिरहेको छ। यो भूकम्पले पहिलेदेखिको कमजोर आर्थिक अस्थालाई झनै विकराल बनाएको छ । विश्व समुदायले साहसिक र दिगो प्रतिक्रियाका लागि सहायता गर्न अघि बढ्नुपर्छ ।
म्यान्मा रेडक्रस सोसाइटीले खोजी तथा उद्धार कार्य सुरु गर्नका लागि स्थानीय स्तरमा उपलब्ध तालिम प्राप्त स्वयंसेवक परिचालन गरेको विज्ञप्तिमा उल्लेख छ ।
स्वयंसेवकहरूले प्राथमिक उपचार गर्ने, अस्पतालपूर्व हेरचाह प्रदान गर्ने, कम्बल, त्रिपाल र हाइजिन किटजस्ता आपतकालीन राहत सामग्रीहरू वितरण गर्ने र घुम्ती स्वास्थ्य टोलीहरू तैनाथ गरिरहेका छन्।
















Possibility of rainfall in most urban areas
नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा सुरु
सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सशक्तिकरण तथा सम्मान कार्यक्रम सम्पन्न
सन् २०३० सम्ममा २५ हजार महिला शिक्षक तथा स्वास्थ्यकर्मी गुमाउदै अफगानिस्तान ः राष्ट्रसङ्घ
युरोपेली युनियनको नविन प्रतिवन्दको प्रतिक्रीयामा रूसद्वारा ईयु अधिकारीलाई रूसी क्षेत्र प्रवेश प्रति वन्द जारी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
यूएईमाथि नेपालको जित, लिग-२ मा चार लगातार हारपछिको विजयले तालिकामा राहत
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
प्रतिक्रिया