आईपिएलः मुम्बईको पहिलो जीत, कोलकाता ८ विकेटले पराजित

काठमाडौं। बलरको उत्कृष्ट प्रदर्शनका आधारमा मुम्बई इन्डियन्सले १८ औं सिजनमा पहिलो जित दर्ता गरेको छ ।
सोमबार वानखेडे रंगशालामा भएको खेलमा टोलीले कोलकाता नाइट राइडर्सलाई ८ विकेटले पराजित गरेको हो । पहिले ब्याटिङ गरेको केकेआर ११६ रनमा सिमित भएको थियो । मुम्बईले १३ औं ओभरमा नै आफ्नो लक्ष्य पुरा गर्न सफल भएको थियो ।
मुम्बईबाट आईपीएल डेब्यू गरेका तीब्र बलर अश्विनी कुमारले ४ विकेट लिएका थिए भने दिपक चाहरले २ विकेट लिए । ब्याटिङमा रायन रिकेल्टनले ५० रन बनाए भने विल ज्याकले ३० रन बनाएका थिए । कोलकाताका अङ्क्रिश रघुवंशीले २६ रन बनाएका छन् । टोलीका आन्द्रे रसेलले दुवै विकेट लिन सफल भए ।
टस जितेर पहिले बलिङ गरेको मुम्बईले ७ बलमा २ विकेट लिएको थियो । अजिंक्य रहाणे र अङ्क्रिश रघुवंशी सेटमा छन्। चौथो ओभरको पहिलो बलमा अश्वनी कुमारले रहाणेलाई प्याभिलियन पठाए । त्यसपछि उनले रिंकु सिंह, मनिष पाण्डे र आन्द्रे रसेलको ठूलो विकेट लिन सफल भए । उनको प्रदर्शनले केकेआरका ब्याट्सम्यान ब्याकफुटमा परेको थियो ।















मिथिलाञ्चलमा आजदेखि चैती छठ सुरु
राष्ट्रपतिद्वारा पानीको समान पहुँच सुनिश्चित गर्न आह्वान
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
प्रतिक्रिया