एकनाले भरूवा बन्दुकसहित धनकुटाबाट दुई जना पक्राउ
मेरोन्यूज
२०८१ चैत १८ गते १३:१८

धनकुटा । एकनाले भरूवा बन्दुकसहित धनकुटाबाट प्रहरीले दुई जनालाई पक्राउ गरेकाे छ ।
साँगुरीगढी गाउँपालिका-८ सिन्कुलाबाट एकनाले भरूवा बन्दुक १ थान सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३२ वर्षीय तेज कुमार विक र ३८ वर्षीय मानभा राई रहेका छन् ।
इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले ढुंग्रेबाट सिन्कुलातर्फ आउँदै गरेको प्र.१-०२-०४७ प १८८० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित










प्रधानमन्त्री सँग जाँचबुझ आयोगका प्रतिनिधिको भेट,अर्को साता ओली र लेखकसँग बयान लिने
देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ
नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला
एमाले महाधिवशेन : मतदान जारी, भोट हाल्न एकै व्यक्तिलाई २ घण्टासम्म समय
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
प्रतिक्रिया