एकनाले भरूवा बन्दुकसहित धनकुटाबाट दुई जना पक्राउ
मेरोन्यूज
२०८१ चैत १८ गते १३:१८

धनकुटा । एकनाले भरूवा बन्दुकसहित धनकुटाबाट प्रहरीले दुई जनालाई पक्राउ गरेकाे छ ।
साँगुरीगढी गाउँपालिका-८ सिन्कुलाबाट एकनाले भरूवा बन्दुक १ थान सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३२ वर्षीय तेज कुमार विक र ३८ वर्षीय मानभा राई रहेका छन् ।
इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले ढुंग्रेबाट सिन्कुलातर्फ आउँदै गरेको प्र.१-०२-०४७ प १८८० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
















कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा किसान सूचीकरण कार्यक्रम सञ्चालन
Free press for good governance, transparency: Minister Dr Timilsina
नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुआत
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
प्रतिक्रिया