हुथीकाे एक निशानामा अमेरिकाको ३.४० अर्बकाे सम्पति नष्ट, १०० बढी जहाज ध्वस्त

यमन । यमनमा हुथी विद्रोहीविरुद्ध अमेरिकाको सबैभन्दा ठूलो कारबाही जारीराखेको छ ।
यसैबीच हुथी विद्रोहीले अमेरिकाको एम–९ ड्रोन खसालेका छन् । यसलाई अमेरिकी सेनाको सबैभन्दा अत्याधुनिक प्रविधियुक्त ड्रोन मानिन्छ। यो ड्रोनको मूल्य नेपाली ३ अर्ब ४० करोड भन्दा बढी पर्न जान्छ ।
स्थानीय मिडियाका अनुसार सोमबार अमेरिकाले यमनको आकाशमा यो ड्रोन प्रक्षेपण गरेको थियो, त्यसपछि हुथी लडाकुहरूले यो ड्रोन आक्रमण गरेका थिए। मिसाइल आक्रमणमा ड्रोन पुरै ध्वस्त भएको थियो।
अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले एक हुथी कमाण्डरलाई उद्धृत गर्दै भनेको छ कि यो ड्रोन आक्रमण मारिब प्रान्तमा भएको थियो, जुन तेल र ग्याँसका लागि प्रसिद्ध छ। हुथी विद्रोहीले इरानको नम्बर ३५८ नामक मिसाइलले आक्रमण गरेर यो ड्रोनलाई खसालेका हुन् । यो मिसाइल कुनै पनि विमानलाई खसाल्न सक्षम मानिदैँ आएको छ ।
हुथी सेनाका प्रवक्ता ब्रिगेडियर जनरल याह्या सारीले यसलाई ठूलो विजय भनेका छन्। सारीले भने कि अमेरिकी सरकारले यमनमा जानाजानी दमनकारी रवैया अपनाइरहेको छ, जुन हामी बदला लिइरहेका छौं। हुथी विद्रोहीहरूले गाजामा युद्ध नरोक्दासम्म उनीहरूले नियन्त्रित समुद्रमा कार्गो जहाजहरू अवरुद्ध गरिरहनेसमेत पुनः बताएका छन्।
अर्कोतर्फ अमेरिकाले भने हुथी विद्रोहीलाई थप पीडा दिने चेतावनी दिएको छ । तर, हालै हुथीले खसालेको अमेरिकी ड्रोनलाई उच्च गुणस्तरको ड्रोन मानिन्छ। खासमा एम–९ ड्रोनहरू ४० हजार फिट अर्थात १ हजार २१० मिटर भन्दा माथिको उचाइसम्मा उड्न सक्छन र ३० घण्टा भन्दा बढी हावामा नै रहन सक्ने क्षमताका छन् ।
यो ड्रोनको मूल्य ३ मिलियन अमेरिकी डलर बढी रहेको भनिएको छ । अमेरिकाले यो ड्रोन अन्य देशलाई पनि बेच्दै आएको छ । जुन इरानी मिसाइलले यो ड्रोन खसालेको थियो, त्यसको मूल्य भने करिब ९५ लाख नेपाली रुपैयाँ बराबरको हो ।
इजरायली खुफियाको सहयोगमा अमेरिकाले मार्च १५ मा यमनमा पहिलो हमला गरेको थियो। अमेरिकाले भन्यो कि हुथी विद्रोहीहरूले समुद्रमा हाम्रा जहाजहरूलाई निशाना बनाएका छन्, त्यसैले उनीहरू माथी आक्रामण सुरू भएको हो ।
तर, समाचार अनुसार हालसम्म १०० भन्दा बढी अमेरिकी जहाजलाई हुथी विद्रोहीले समुद्रमा खसालिसकेका छन् ।











क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया