भूकम्पको पाँच दिनपछि एक व्यक्तिको जीबितै उद्धार
मेरोन्यूज
२०८१ चैत १९ गते १२:५७

म्यानमामा गएको ७.९ म्याग्निच्यूडको भूकम्पको पाँच दिनपछि बुधबार म्यानमाको नेपिडोको एक होटल भवन भत्किएको भग्नावशेषबाट २६ वर्षीय एक होटल कर्मचारीलाई उद्धार गरिएको राज्य प्रशासन परिषद्को सूचना टोलीले जनाएको छ ।
भग्नावशेषमा दुई जना फसेको र म्यान्माको अग्नि सेवा विभाग र टर्कीको उद्धार टोलीले एक जनालाई सुरक्षित स्थानमा ल्याउन सफल भएको सूचना टोलीले जनाएको छ ।
स्थानीय समयअनुसार मङ्गलबार अपराह्न ३:०० बजे होटलको अप्रेसन सुरु भएको र स्थानीय समयअनुसार बुधबार बिहान १२ः३० बजे ती व्यक्तिलाई उद्धार गरिएको बताइएको छ । बाँकी फसेका व्यक्तिहरूको खोजी र उद्धारको प्रयास जारी रहेको बताइएको छ ।
सम्बन्धित
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया