अवैध रुपमा सञ्चालित निजी विद्यालयमा तालाबन्दी

जनकपुरधाम। धनुषाको एक पालिकामा गैरकानुनी तथा अवैध रुपमा विना दर्ता सञ्चालनमा रहेका एक दर्जन निजी विद्यालयलाई आजबाट बन्द गराइएको छ ।
पटकपटक सूचना जारी गरे पनि दर्ता प्रक्रियामा नगएको तथा अटेर गरेकाले मुखियापटी गाउँपालिकामा विना दर्ता सञ्चालनमा रहेका निजी विद्यालयलाई बाध्य भएर बन्द गर्नुपरेको गाउँपालिका अध्यक्ष जयकुमार यादवले जानकारी दिए ।
बन्द गराइएका निजी विद्यालयमा न्यू स्काइ, तराई चाइल्ड डेभलपमेन्ट, गङ्गालाल शिशु पाठशालालगायत एक दर्जन विद्यालय बन्द गराइएको उनले जानकारी दिए । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार आधारभूत तथा माध्यमिक तहसम्मको शिक्षा सञ्चालन एवं व्यवस्थापन गर्न अधिकार स्थानीय तहलाई रहेको छ ।
सोही अनुरुप शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले आफ्नो पालिकाले कारबाही प्रक्रिया अगाडि बढाइएको उनको भनाइ छ । पालिका अध्यक्ष यादवले गैकानुनी रुपमा सञ्चालनमा रहेका विद्यालयमा आफ्ना बालबालिकालाई अध्ययनका लागि भर्ना नगर्न अभिभावकलाई आग्रह गरे । साथै उनले विद्यालय सञ्चालकलाई कानुनी प्रक्रिया तथा मापदण्डअनुसार दर्ता गरी विद्यालय सञ्चालन गर्नका लागि निर्देशन गरे ।










तनावका बीच इरानले गर्याे क्षेप्यास्त्र परीक्षण
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रवि लामिछाने र बालेनबीच भेटवार्ता
कांग्रेस क्रियाशील सदस्यताको फारम पुस ९ गते भित्र भर्नुपर्ने
क्षेप्यास्त्र कार्यक्रममा कुनै सम्झौता हुँदैन -इरान
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
प्रतिक्रिया