ट्रकबाट बरामद २५ करोडका मालिक सिन्धुपाल्चोकका नारायण पौडेल

काठमाडौं । गत चैत ५ गते बिहान काठमाडौंको झोरबाट बरामद भएको २५ करोड रुपैयाँ बराबरको अमेरिकी डलर र युरो सिन्धुपाल्चोकका नारायण पौडेलको रहेको खुलेको छ ।
राजस्व अनुसन्धान विभागले गरेको अनुसन्धानबाट उक्त परिमाणको रकम सिन्धुपाल्चोकका पौडेलको भएको खुलेको हो।
उनलाई पक्राउ पुर्जी जारी भइसकेको छ। पौडेल लामो समयदेखि टोखामा बस्दै आएका थिए ।
गत चैत ४ गते राति ना ७ ख १६५२ नम्बरको ट्रकमा लुकाएर रकम रसुवातर्फ लाँदै गरेको अवस्थामा प्रहरीले सिन्धुपाल्चोकका ४३ वर्षीय कुसान लामालाई पक्राउ गरेको थियो । उनी ट्रक चालक हुन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गत चैत ५ गते २५ करोड नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रासहित पक्राउ सिन्धुपाल्चोकका कुसाङ लामालाई पक्राउ गरेको थियो ।
कुसाङले प्रारम्भिक बयानका क्रममा उनले आफूलाई दुईजना अपरिचित व्यक्तिहरूले अमेरिकी डलर र युरोपियन मुद्रासहितको रकम रसुवागढी हुँदै केरुङसम्म लगिदिन भनेका बयान दिएका थिए ।










राष्ट्रियसभा निर्वाचनका लागि सातै प्रदेशमा ताेकिए मतदान केन्द्र
त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड
गोरखामा माछा मार्न गएका एक पुरुष मृत फेला
नेपाल अफगानिस्तानसँग पराजित
प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
प्रतिक्रिया