मंगलबार, फागुन १२, २०८२

ट्रकबाट बरामद २५ करोडका मालिक सिन्धुपाल्चोकका नारायण पौडेल

मेरोन्यूज २०८१ चैत १९ गते १८:०१

काठमाडौं । गत चैत ५ गते बिहान काठमाडौंको झोरबाट बरामद भएको २५ करोड रुपैयाँ बराबरको अमेरिकी डलर र युरो सिन्धुपाल्चोकका नारायण पौडेलको रहेको खुलेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

राजस्व अनुसन्धान विभागले गरेको अनुसन्धानबाट उक्त परिमाणको रकम सिन्धुपाल्चोकका पौडेलको भएको खुलेको हो।

उनलाई पक्राउ पुर्जी जारी भइसकेको छ। पौडेल लामो समयदेखि टोखामा बस्दै आएका थिए ।

गत चैत ४ गते राति ना ७ ख १६५२ नम्बरको ट्रकमा लुकाएर रकम रसुवातर्फ लाँदै गरेको अवस्थामा प्रहरीले सिन्धुपाल्चोकका ४३ वर्षीय कुसान लामालाई पक्राउ गरेको थियो । उनी ट्रक चालक हुन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गत चैत ५ गते २५ करोड नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रासहित पक्राउ सिन्धुपाल्चोकका कुसाङ लामालाई पक्राउ गरेको थियो ।

कुसाङले प्रारम्भिक बयानका क्रममा उनले आफूलाई दुईजना अपरिचित व्यक्तिहरूले अमेरिकी डलर र युरोपियन मुद्रासहितको रकम रसुवागढी हुँदै केरुङसम्म लगिदिन भनेका बयान दिएका थिए ।

प्रतिक्रिया