बिमस्टेकमा हस्ताक्षर समारोह सुरू

काठमाडौं । थाइल्याण्डमा जारी बिमस्टेक सम्मेलनमा हस्ताक्षर समारोह सुरू भएको छ ।
जसअनुसार बैंककमा बिमस्टेक शिखर सम्मेलनको क्रममा सामुद्रिक यातायात सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ । याे पहिलाे हस्ताक्षर समाराेह हाे, जहाँ नेपालका पराराष्ट्र मन्त्री अारजु राणाले हस्ताक्षर गरेकी छिन् । उनले नेपालकाे तर्फवाट समृद्ध, लचिलो र खुला बिमस्टेकलाई साकार पार्न बलियो राजनीतिक इच्छाशक्तिको आवश्यकतामा जोड दिँदै क्षेत्रीय सहयोगप्रति नेपालको प्रतिबद्धता जनाएकी छिन् ।
नेपाल संस्कृति, पर्यटन र गरिबी निवारणमा क्षेत्रीय सहयोग अभिवृद्धि गर्न प्रतिबद्ध रहेकाे पनि उनले उल्लेख गरेकी छिन् । उनका अनुसार जलवायु परिवर्तन र विपद् पूर्वतयारीमा थप सहयोगका लागि आह्वान गरिएको छ । विपद् व्यवस्थापनमा बिमस्टेक उत्कृष्टता केन्द्र स्थापना गर्न भारतको पहललाई स्वागत गरेकी छिन भने लचिलो पूर्वाधार र एआई संचालित समाधानहरूको आवश्यकतामा जोड दिइएकाे छ ।















यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा
रेडमी नोट १५ फाइभ जी नेपालमा, कति पर्छ मूल्य ?
इनड्राइभ ड्राइभर पार्टनर एक्सिलेन्स अवार्ड कार्यक्रम
काभ्रेमा नौ ‘आपाराधिक उपद्रव’विरुद्ध अभियोग दर्ता
Two arrested on charges of raping minor
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
इलाम–१ मा कांग्रेसका निश्कल राई विजयी
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
गृहमन्त्री अर्याल काठमाडौँ प्रहरी परिसरमा !
प्रतिक्रिया