बन्धक फिर्ता नभएसम्म गाजामा दबाब जारी राखिने : प्रधानमन्त्री नेतान्याहू

एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले पूर्वाधार र प्रमुख कोरिडोरलाई लक्षित गरी इजरायली सेना (आईडीएफ) ले गाजामा कारबाही तीव्र बनाएको बताएका छन् ।
सामाजिक सञ्जाल एक्समा भिडियो सम्प्रेषण गर्दै नेतान्याहूले गाजामा आईडीएफले करिडोर नियन्त्रण गरेको र आतङ्ककारीमाथि आक्रमण र पूर्वाधार नष्ट गरिरहेको बताइएको छ ।
उनले भने, “हामी अर्को कुरा पनि गर्दैछौंः हामी मोराग करिडोर कब्जा गर्दैर्छौ । यो एक अतिरिक्त फिलाडेल्फिया कोरिडोर अर्थात् दोस्रो फिलाडेल्फिया हुनेछ ।” नेतन्याहूले गाजामाथिको दबाब जारी रहने पनि बताएका छन् ।
बन्धकहरू फिर्ता नभएसम्म गाजामाथि दबाब बढ्दै जाने पनि उनले बताएको छ । उनले गाजालाई विभाजन गर्न चरणबद्ध रूपमा दबाब बढाइ बन्धकहरू फिर्ता लिने विश्वास व्यक्त गर्दै बन्धक फिर्ता नगरेसम्म दबाब बढिरहने बताएको छ । प्रभु र सैनिकहरूको सहयोगमा बन्धकहरू फिर्ता ल्याउने उनले बताएको छ ।
सोमबार इजरायली संसद्ले सर्वसम्मतिले गाजाका सीमावर्ती समुदायमा आर्थिक, पूर्वाधार र सामाजिक विकासका लागि १.३ अर्ब अमेरिकी डलर सहयोग स्वीकृत गरेको छ । सहयोग स्वीकृतको पक्षमा ३७–० परेको हो ।
















हिमाल आरोहणका क्रममा लडेर घाइते भएका आरोहीको उद्दार
आईसीसी महिला च्यालेन्ज ट्रफी : नेपालले अमेरिकालाई दियो ८७ रनको लक्ष्य
स्थानान्तरण र व्यवस्थापनमा सहरी विकास मन्त्रालयको पहल
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
बाजुरामा स्काभेटर दुर्घटना हुँदा एक जना बेपत्ता
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
हर्मुजमा बारुदी सुरुङ बिछ्याइरहेका डुङ्गा नष्ट गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन
प्रतिक्रिया