एकैदिन ३९ सयले घट्यो सुनको भाउ, ताेलाकाे कति ?
मेरोन्यूज
२०८१ चैत २१ गते ११:५०

काठमाडौं। सुनको मूल्यमा आज एकै दिन ३९ सय रूपैयाँले भारी गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार सुनको मूल्य तोलामा ३९०० रुपैयाँले घटेको हो ।
मुल्य घटेसँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ७६ हजार ४०० रुपैयाँमा झरेको छ । बिहिवार तोलामा १ लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
साथै, आज चाँदीको मूल्य पनि १२५ रुपैयाँले घटेको छ । बिहीबार १ हजार ९९५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रवार भने १ हजार ८७० कायम भएको हो ।
सम्बन्धित
प्रतिक्रिया