१५ दिनमा ६०० आक्रमण, २५० हमासका सैनिक मारिएको इजरायलकाे दावी

तेलअहिव । गत महिनाको १८ तारिखमा इजरायलले पुनः गाजा पट्टीमा आक्रमण सुरू गरेको थियो ।
दुई महिनासम्म चलेको युद्धविराम इजरायली सेनाले अन्त्य गर्दै पुनः आक्रामण गरेको हो । पहिलो आक्रमणमा करिब २०० जनाको ज्यान गएको बताइएको छ । युद्धविराम तोड्नुको कारण हमासले बन्धक फिर्ताको दोस्रो चरणमा सुरुमा अनिच्छुक देखाएको थियो।
इजरायली सेनाले हमासका लक्ष्यमाथि जमिन, हवाई र जलमार्गबाट लगातार तीनतर्फबाट आक्रमण गरिरहेको छ । आइडिएफ प्रवक्ता बीजी एफी डेफ्रिनले पुनः सुरु गरिएको अपरेशनको बारेमा जानकारी साझा गरेका छन । उनका अनुसार यसबिचमा ६०० आतंककारीहरूको लक्ष्यमा आक्रमण गरिएको छ, जुन आक्रमणमा परी २५० भन्दा बढी हमासका कार्यकर्ता मारिएका छन् ।
उनका अनुसार जसमा हमास राजनीतिक दलका एक दर्जन वरिष्ठ नेताहरू सामेल छन्। पहिलो दिनमै ६० आतङ्ककारी मारिएको दाबी गरिएको थियो । एफी डेफ्रिन भन्छिन्, ‘हामी हाम्रो योजना अनुसार हाम्रो अपरेशन गर्दैछौं। हाम्रा बन्धकहरूलाई मुक्त नगरेमा मात्र यो अपरेशन रोकिने छैन्।’
त्यसो त अक्टोबर ७ मा हमासको आक्रमणमा करिब १२०० इजरायली नागरिक मारिएका थिए। हमासले २५१ जनालाई बन्धक बनाएर गाजा पट्टीमा लगेको थियो । ५९ बन्धकहरू अझै हमासको हिरासतमा छन्। बन्धकहरूको रिहाइका लागि मात्र हमाससँग युद्धविराम भएको थियो। तर, यस बिचमा युद्धविराम पनि तोडिएको छ ।
पहिलो चरणमा हमासले ३३ बन्धकहरूलाई रिहा गरेको थियो भने बदलामा इजरायलले १९०० प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरेको थियो। पहिलो चरण मार्च १ मा सम्पन्न भएको थियो। तर, दोस्रो चरणको वार्ता अघि बढ्न नसके पछि इजरायलले हमला जारी राखेको हो ।हमासले वार्तामा आफ्नो नयाँ माग राखेको छ कि दोस्रो चरणको युद्दबिराम गर्नु अघि हमासले गाजाबाट सम्पूर्ण इजरायली सेना फिर्ता गर्न सुरु नगरेसम्म एक जना पनि बन्धकलाई रिहा गरिने छैन् ।
















हिमाल आरोहणका क्रममा लडेर घाइते भएका आरोहीको उद्दार
आईसीसी महिला च्यालेन्ज ट्रफी : नेपालले अमेरिकालाई दियो ८७ रनको लक्ष्य
स्थानान्तरण र व्यवस्थापनमा सहरी विकास मन्त्रालयको पहल
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
बाजुरामा स्काभेटर दुर्घटना हुँदा एक जना बेपत्ता
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
हर्मुजमा बारुदी सुरुङ बिछ्याइरहेका डुङ्गा नष्ट गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन
प्रतिक्रिया