मंगलबार, फागुन १२, २०८२

सशस्त्र द्वारा अबैध ५ लाख रुपैयाँ सहित भारतीय नागरिक पक्राउ

मेरोन्यूज २०८१ चैत २२ गते ११:२३

रौतहट । रौतहटको सदरमुकाम गौर स्थित सशस्त्र प्रहरीको टोलीले नेपाली ५ लाख अबैध रुपैयाँ सहित एकजना भारतीय नागरिक लाई पक्राउ गरेको छ।

Advertisement
nepal life insurencenepal life insurence

सीमावर्ती भारतीय बजार बैरगनिया बाट गौरतर्फ आउँदै गरेको भारतीय नम्बरको मोटरसाइकललाई सशस्त्र प्रहरीले चेकजाँचको क्रममा  श्रोत नखुलेको ५  लाख नेपाली रुपैयाँ सहित एकजना भारतीय नागरिक पक्राउ गरेको हो।

५ लाख रुपैया सहित पक्राउ पर्नेमा मोटरसाइकल चालक भारत बिहार जिल्ला सितामढी बैरगनिया–१४ पटेल चोकका १८ वर्षिय मोहित कुमार पटेल रहेको सशस्त्र प्रहरी बल नम्बर ११ हेक्वा रौतहटका प्रमुख एसपी सन्तोष बस्नेतले न्युज कारखाना लाई बताएका छन्।

गौर नगरपालिका  १ कानुपट्टी सीमा इलाकामा बिआर ०५ जे १३२७ नम्बरको मोटरसाईकल रुपैयाँ सहित शुक्रवार साँझ पक्राउ परेका भारतीय नागरिक पटेल लाई आवशयक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाईएको सशस्त्र प्रहरीको सूचनामा उल्लेख गरिएको छ।

प्रतिक्रिया