युवालाई कीर्तिपुरको डाँडामात्र होइन, अन्त पनि दुई-चार लाख कमाउने बनाउन सकिन्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै विगतमा मिल्काइसकेको पात्रको बारेमा छलफल गर्ने समय नरहेको टिप्पणी गरेका छन्।
शनिबार एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले २०८०-०९० दशक विगतमा फालिसकेको पात्र र विषयमा छलफल गरेर बस्ने समय नरहेको बताएका हुन्।
उनले अबको एक दशक आईटीको एक्सपर्टलाई ५ गुणा कसरी बनाउने, तलब तीन गुणा कसरी बढाउने भन्नेबारे योजना बनाउने समय भएको बताए।
‘हामी अबको ८-१० वर्ष भित्रमा मलाई फेरि पनि मेरो विश्वास छ। कीर्तिपुरको डाँडामात्रै होइन । त्यस्ता थुप्रै डाँडाहरुमा साथीहरुले दुई चार लाख रुपैयाँ कमाएको स्थिति हामी बनाउन सक्छौँ । त्यो पोटेन्सियल हामीसँग छ,’ उनले भने, ‘तर त्यसका निम्ति सोच्नुपर्नेछ। त्यो डिरेक्शनमा काम गर्नुपर्नेछ। हाम्रो सुरुवात भइसक्यो अलिकति गति बढाउनुपर्नेछ। हाम्रो गति पुगेको छैन। यो हाम्रो लागि एउटा अवसर हो।’


















कनकाईबाट ५६३ ग्राम खैरो हिरोइनसहित दुई पक्राउ
श्रमिक पठाउने संस्थाहरूले अनिवार्य सम्पर्क विवरण खुलाउनुपर्ने
नगर विकास समितिका पूर्वअध्यक्ष रसायली पक्राउ
संसदीय समितिका नवनिर्वाचित सभापतिहरूले लिए शपथ
बैतडीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
नयाँ वर्षमा मस्त झुम्यो पोखरा
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
प्रतिक्रिया