ट्रम्पविरुद्ध अमेरिकामा प्रदर्शन

काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति निन्दा व्यक्त गर्ने भन्दै अमेरिकाका विभिन्न भागमा प्रदर्शन भएको छ । अमेरिकाको ५० राज्यका १२ सय स्थानमा हजारौँ प्रदर्शनकारी भेला भएर ‘ह्याङ अप’ प्रदर्शन गरेका हुन्। शनिबार नै बोस्टन, सिकागो, लस एन्जलस न्युयोर्क, वासिङ्टन र अन्य सहरमा प्रदर्शन भएको छ।
बोस्टनमा प्रदर्शन गर्नेले आप्रवासी विद्यार्थीलाई विश्व विद्यालयबाट निकालेको घटनाले सबै भन्दा दुःखी बनाएको बताएका छन्। गत महिना बोस्टन नजिककै टर्फ विश्व विद्यालयबाट मास्क लगाएर आएका सुरक्षाकर्मीले टर्कीका एक विद्यार्थीलाई गिरफ्तार गरेका थिए।
लन्डनमा मानिसलाई यातना दिन पाइँदैन भन्दै प्ले कार्ड बोकेर प्रदर्शन भएका छन्। ट्रम्पको फेरिएको विदेश नीतिमा आपत्ति जनाउँदै ‘ह्यान्ड्स अफ क्यानडा,’, ‘ह्यान्डस अफ ग्रिनल्यान्ड’ र ‘ह्यान्ड्स अफ युक्रेन’ भन्दै नारा लगाइएको थियो।
वासिङ्टन डिसीमा उपस्थित प्रदर्शनकारीले डेमोक्र्याट सांसदको धारणा सुन्न चाहेका छन्। प्रदर्शनकारीले बिलिनियर एलन मस्कको सल्लाहमा अमेरिकाले दिँदै आएको सहयोग रकम कटौतीका विरुद्धमा आवाज उठाउने जनाएका छन्।
फ्लोरिडाका विधायक म्याक्सवेल फ्रोस्टले बिलिनियर मस्कले अमेरिकाको सरकार कब्जा गरेको बताए।















कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
खोटाङका तीन स्थानीय तहमा आइतबार पनि पठनपाठन
विश्वकप लिग-२ः ओमानमाथि युएईको जित
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया