यही चैत ३० गतेदेखि दोस्रो संस्करणको ‘अल नेपाल काभ्रे ओपन थ्री बास्केटबल’

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक बास्केटबल सङ्घले यही चैत ३० गतेदेखि दोस्रो संस्करण ‘अल नेपाल काभ्रे ओपन थ्री बास्केटबल प्रतियोगिता’ सञ्चालन गर्ने भएको छ । धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको प्राङ्गणमा हुने प्रतियोगितामा मुलुकभरका उत्कृष्ट खेलाडी एउटै कोर्टमा प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा ४० पुरुष र १५ महिलाको समूहबीच प्रतिस्पर्धा हुने जनाइएको छ । प्रतियोगिताको आवश्यक तयारी, व्यवस्थापन तथा प्रचारप्रसार र टिम दर्ता भइरहेको सङ्घका अध्यक्ष शिव थापामगरले जानकारी दिए । प्रतियोगितामा विजेता टिमले शिल्ड, प्रमाणपत्रसहित नगद रु ४० हजार पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेता टिमले २० हजारसहित आकर्षक उपहार भौचर प्राप्त गर्नेछन् ।
बास्केटबलको विकास र नयाँ पुस्तालाई प्रेरणा दिने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगिता केबल खेलको मैदानमा मात्र सीमित नभई नेपालमा बास्केटबल संस्कृतिलाई थप मजबुत बनाउँदै खेलाडी, समर्थक र समग्र समुदायलाई एकसाथ ल्याउने लक्ष्य राखेको आयोजकको दाबी छ । यस्तै प्रतियोगिताले नयाँ पुस्ताका खेलाडीलाई प्रोत्साहित गर्न तथा उनीहरूलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय मञ्चमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकले गरेका छन् ।
प्रतियोगिताको करिब तीन हजार दर्शकले प्रत्यक्ष रूपमा अवलोकन गर्ने अपेक्षा गरिएको जनाइएको छ । यसअघि सङ्घले गत वर्ष बनेपामा पहिलो संस्करणको उक्त प्रतियोगिता सम्पन्न गरेको थियो ।















मिथिलाञ्चलमा आजदेखि चैती छठ सुरु
राष्ट्रपतिद्वारा पानीको समान पहुँच सुनिश्चित गर्न आह्वान
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
प्रतिक्रिया