पञ्चकन्या समूहद्वारा एभरेस्ट–लोत्से आरोहणमा आर्थिक सहयोग

काठमाडौँ । पन्चकन्या समूहले कविता नेपालीलाई एभरेस्ट र लोत्सेको (जुम्ल्याहा) शिखर आरोहण गर्न आर्थिक सहयोग गर्ने भएको छ ।
साहसीक कार्य गर्ने कविताको प्रयासलाई सफल बनाउन पन्चकन्या समूहले आर्थिक सहयोग गर्ने भएको हो । कविता नेपाली प्रसिद्ध फिटनेस आइकन र कलाकार हुन् । उनले यही चैत ३० गतेदेखी एभरेस्ट र लोत्से हिमालको आरोहण गर्दैछिन् ।
उनलाई एक कलाकारको रूपमा मात्र नभई बहुआयामिक प्रतिभा र राष्ट्रिय गौरवको प्रतीकको रूपमा सहयोग गरेको कम्पनीका प्रबन्ध निर्देशक प्रदिप कुमार श्रेष्ठले बताए । सन् २०१८ मा बुगी वुगी इन्टरनेसनल नृत्य प्रतियोगिता तथा चिनियाँ मार्सल आर्टमा समेत अब्बल सावित भएकी कविताले हिमालयमा पनि सफलता पाउने विश्वास कम्पनीले लिएको छ ।
पन्चकन्या समुहले सन् २०१३ मा माउन्ट किलिमान्जारो आरोहण गर्ने महिला टोलीलाई ४० औँ वार्षिकोत्सवको अवसरमा सार्वजनिक ब्यानर सहित हिमालको चुचुरोमा पुर्याएको थियो ।
अन्तर्राष्ट्रिय महिला दिवसको विशेष कार्यक्रमबिच घोषणा गरिएको यो प्रायोजनले आर्थिक सहयोग भन्दा अर्थपूर्ण, दीर्घकालीन प्रभाव सिर्जना गर्नेमा समूहको विश्वासलाई मूर्त रूप दिने कम्पनीले जनाएको छ ।
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया