पञ्चकन्या समूहद्वारा एभरेस्ट–लोत्से आरोहणमा आर्थिक सहयोग

काठमाडौँ । पन्चकन्या समूहले कविता नेपालीलाई एभरेस्ट र लोत्सेको (जुम्ल्याहा) शिखर आरोहण गर्न आर्थिक सहयोग गर्ने भएको छ ।
साहसीक कार्य गर्ने कविताको प्रयासलाई सफल बनाउन पन्चकन्या समूहले आर्थिक सहयोग गर्ने भएको हो । कविता नेपाली प्रसिद्ध फिटनेस आइकन र कलाकार हुन् । उनले यही चैत ३० गतेदेखी एभरेस्ट र लोत्से हिमालको आरोहण गर्दैछिन् ।
उनलाई एक कलाकारको रूपमा मात्र नभई बहुआयामिक प्रतिभा र राष्ट्रिय गौरवको प्रतीकको रूपमा सहयोग गरेको कम्पनीका प्रबन्ध निर्देशक प्रदिप कुमार श्रेष्ठले बताए । सन् २०१८ मा बुगी वुगी इन्टरनेसनल नृत्य प्रतियोगिता तथा चिनियाँ मार्सल आर्टमा समेत अब्बल सावित भएकी कविताले हिमालयमा पनि सफलता पाउने विश्वास कम्पनीले लिएको छ ।
पन्चकन्या समुहले सन् २०१३ मा माउन्ट किलिमान्जारो आरोहण गर्ने महिला टोलीलाई ४० औँ वार्षिकोत्सवको अवसरमा सार्वजनिक ब्यानर सहित हिमालको चुचुरोमा पुर्याएको थियो ।
अन्तर्राष्ट्रिय महिला दिवसको विशेष कार्यक्रमबिच घोषणा गरिएको यो प्रायोजनले आर्थिक सहयोग भन्दा अर्थपूर्ण, दीर्घकालीन प्रभाव सिर्जना गर्नेमा समूहको विश्वासलाई मूर्त रूप दिने कम्पनीले जनाएको छ ।










प्रधानमन्त्री सँग जाँचबुझ आयोगका प्रतिनिधिको भेट,अर्को साता ओली र लेखकसँग बयान लिने
देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ
नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला
एमाले महाधिवशेन : मतदान जारी, भोट हाल्न एकै व्यक्तिलाई २ घण्टासम्म समय
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
प्रतिक्रिया