तीनकुने घटनामा संलग्न कसैलाई पनि छोड्नु हुँदैन : शेरबहादुर देउवा
मेरोन्यूज
२०८१ चैत २३ गते २०:००

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीनकुने घटनाका दोषीलाई कानुनबमोजिम कडा कारबाही गर्नुपर्ने बताएका छन् ।
तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारलाई भेटेर सान्त्वना दिँदै हिंसात्मक घटनाका दोषीलाई कुनै पनि बाहनामा छोड्न नहुने बताए ।
“यही चैत १५ गते तीनकुने घटनामा पत्रकार सुरेश रजकसहित दुई जनाको मृत्यु भएको छ, धेरै व्यक्ति घाइते भएका छन्, उक्त घटनाका दोषीलाई कारबाही गर्नुपर्छ, कसैलाई पनि छाड्नु हुँदैन”, पूर्वप्रधानमन्त्री देउवाले भने।
सभापति देउवाले आफ्नो पार्टीले तीनकुने घटनाको छानबिन गर्नुपर्ने निर्णय गरेको बताए । सोही क्रममा रजकका परिवारले सभापति देउवा समक्ष उक्त घटनाको छानबिन नै नभएकाले दोषी उम्कन सक्ने आशङ्का व्यक्त गरेको थियो ।
सम्बन्धित












चुरोटभन्दा हानिकारक हुक्का
इरान प्रदर्शन : मृतककाे सङ्ख्या ६४६ पुग्यो
विशेष महाधिवेशनको स्वामित्व ग्रहण गर्न पार्टी नेतृत्वलाई आग्रह
Baglung adds 5,253 new voters for this poll
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
प्रतिक्रिया