राष्ट्रिय सूचना आयोगमा पछिल्लो एक महिनामा सूचनाको हक सम्बन्धी १४ वटा पुनरावेदन

काठमाडाैं । राष्ट्रिय सूचना आयोगले सूचनाको हक सम्बन्धी नियमावली २०६५, अनुगमन निर्देशिका २०७६ र आयोगबाट जारी भएका अन्य निर्देशिका एवं कार्यविधिहरूमा संशोधन एवं समसामयिक सुधार सहितको प्रतिवेदन पेश गर्न समिति गठन गर्ने भएको छ ।
सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरी आयोगले निर्देशिका एवं कार्यविधिहरूमा संशोधन एवं समसामयिक सुधार सहितको प्रतिवेदन पेश गर्न समिति गठन गर्ने निर्णय गरेको हो ।
आयोगले सूचनाको हक सम्बन्धी ऐन, २०६४ ले आयोगले आवश्यकताअनुसार कार्यालय खोल्नसक्ने कानुनी व्यवस्था गरेको सन्दर्भमा संगठन तथा व्यवस्थापन सर्वेक्षणको लागि सैद्धान्तिक सहमतिसहित पक्रिया अगाडि बढाउने आयोगको निर्णय छ ।
पत्रकार सम्मेलनमा राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा.सुरेशप्रसाद आचार्यले यस अतिरिक्त आयोगका नियमित कामहरु अन्तर्गत सूचना अभियन्ताहरूको पुनरावेदन लिने र तदनुसार आदेश गर्ने काम भइरहेको बताए ।
पछिल्लो एक महिनाको अवधिमा सूचनाको हक सम्बन्धी १४ वटा पुनरावेदन प्राप्त भएको जानकारी दिए । प्रक्रियामा रहेका ५६ वटा पुनरावेदनमा आदेश भएको बताए ।
उनकाअनुसार आयोगले राष्ट्रिय सूचना आयोगको १७ औँ स्थापना दिवस २०८२ वैशाख २२ गते भव्यताका साथ मनाउने र राष्ट्रपति रामचन्द्र पौडेललाई प्रमुख अतिथिका रुपमा बोलाइएको जानकारी दिए ।
स्थापना दिवसकै सन्दर्भमा उत्कृष्ट सूचना अधिकारी छनोटको लागि आवेदन आह्वान गर्दै गोरखापत्र र आयोगको वेबसाइटमार्फत २०८१ फागुन २७ मा सूचना प्रकाशन गरिएको जानकारी दिए ।










पदभार ग्रहण गर्दै मधेशका नवनियुक्त सभामुख यादवले भने- ‘निष्पक्ष भूमिका निभाउने छु’
बिज एजुकेशनका ब्रान्ड एम्बेसडर बने क्रिकेटर हेमन्त धामी
भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु
साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै
माइतीघरमा प्रदर्शनमा उत्रिएका मिराजसहितका जेनजी युवा पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया