पाँच हजार हेक्टर वन क्षेत्रमा डढेलो

चितवन । जिल्लाको वन क्षेत्रमध्ये ५ हजार ४२० हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ। डिभिजन वन कार्यालयको क्षेत्र, चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती वन क्षेत्रमा उक्त डढेलो लागेको हो।
डिभिजन वन कार्यालयका सूचना अधिकारी देवीप्रसाद पौडेलका अनुसार यस कार्यालय मातहतमा चार हजार २२० हेक्टर वनमा डढेलो लागेको छ। वनको मातहतमा रहेको करिब ५७ हजार हेक्टर वनमध्ये सो क्षेत्रफलमा डढेलो लागेको हो। समुदायले वनमा झाडी भयो भनेर डढेलो लगाउने गरेको उनले बताए।
सूचना अधिकारी पौडेलले भने, “डढेलो लगाइरहेका छन्। तर नियन्त्रणमा आएको छैन।” डढेलो नियन्त्रणका लागि सचेतना जगाउने काम भइरहेको भए पनि अझै डढेलो लगाउने चलनमा कमी आउन नसकेको उनले बताए। वन क्षेत्रमा लगाइएको डढेलोका कारण वन्यजन्तुलाई समेत असर पारेको उनले बताए।
निकुञ्ज र मध्यवर्ती क्षेत्रमा एक हजार २०० हेक्टरभन्दा बढी क्षेत्रमा डढेलो लागेको निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले जानकारी दिए।
उनका अनुसार निकुञ्ज क्षेत्रमा ८०० हेक्टर र मध्यवर्ती क्षेत्रमा ४०० हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ। डढेलो लागेको सूचना आएलगत्तै निकुञ्ज र नेपाली सेनाको टोलीले आगो निभाउने काम गरेको भए पनि दाउराघाँस काट्न जाने समुदायले आगो लगाउने गर्दा समस्या हुने गरेको उनले बताए।















अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
आयोगद्वारा सबै उम्मेदवारलाई निर्वाचन खर्च सार्वजनिक गर्न अनुरोध
अध्यक्ष दाहालद्वारा संसद् भवनको अनुगमन
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
भारतीय प्रधानमन्त्री मोदीसँग रवि र बालेनको फोनवार्ता
पाँच इरानी महिला फुटबल खेलाडीलाई अष्ट्रेलियामा शरण
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
निर्वाचन सफलतापूर्वक सम्पन्न भएकाेमा नेपाललाई पाकिस्तानले दियो बधाई
प्रतिक्रिया