सरकार नसुध्रिए बालुवाटार घेर्ने लिङ्देनको चेतावनी

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकार नसुध्रिए बालुवाटार घेरेर भातपानी बन्द गर्ने चेतावनी दिएका छन् ।
मंगलबार काठमाडौंको बल्खुमा आयोजना गरेको पार्टीकाे खबरदारी सभालाई सम्बोधन गर्दै लिङ्देनले यस्तो चेतावनी दिएका हुन् ।
‘नसुध्रने हो भने हामी पनि गाेली चलाउँछौ त भन्दिनँ तर बालुवाटार घेरेर भातपानी बन्द गर्न सक्छौ’, लिङ्देनले भने, ‘आज राप्रपा बल्खु गयो भनेर कमजोरी नठान्नु । शान्ति अहिंशालाई कमजोरी नठान्नु केपी ओलीजी, गृहमन्त्रीजी ।’
आफ्ना नेताहरुलाई हतकडी लगाएको विषय राप्रपाले इखको रुपमा लिएको लिङ्देनले बताए । उनले गणतन्त्र कति कमजोर रहेछ भनेर देखाउन आएको भन्दै राज्यआतंक सधै नचल्ने चेतावनी दिए ।
‘सत्ता सधैभरी तपाईंको हातमा हुँदैन, जनता गोठको गाइबस्तु होइनन्’, प्रधानमन्त्री र गृहमन्त्रीलाई चेतावनी दिँदै भने, ‘जतिदिन हाम्रा साथिहरुलाई थुन्नुहुन्छ यो जनमत दिनदुई गुणा रात चौगुणा बढेर जान्छ । देशमा राजा चाहिन्छ भन्नु राज्यविरुद्धको अपराध हो ?’










विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
प्रतिक्रिया