नारायणी नदीमा डुबेर दुई दिदीभाइ बेपत्ता

नवलपरासी।नारायणी नदीमा डुबेर दुई जना बेपत्ता भएका छन्। नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–१ स्थित ब्रिटिस क्याम्प नजिकै नारायणी नदीमा डुबेर मंगलबार साँझ दिदीभाइ बेपत्ता भएका प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय गैँडाकोटका निमित्त प्रमुख प्रहरी नायब निरीक्षक सानुकाजी विष्टले गैँडाकोट–१ का विष्णु सेर्पुञ्जाकी छोरी १३ वर्षीया दीक्षा सेर्पुञ्जा र नौ वर्षीय स्वप्निल सेर्पुञ्जा नदी डुबेर बेपत्ता भएको बताए।
‘दुवै बालबालिका हजुरआमा सुनमाया कुमालसँग नदीमा गई फर्किने बेलामा हजुरआमाको चप्पल छुटेर लिन जाँदा नदीमा डुबेर बेपत्ता भएका हुन्,’ उनले भने, ‘भाइ नदीमा गएपछि दिदीले उद्धार गर्न खोज्दा दिदी पनि बेपत्ता भएको जानकारी आएको छ।’
बेपत्ता दुवै जनाको खोजी भइरहेको विष्टले जानकारी दिए।
प्रहरीसँग गोताखोर नभएकाले आजको लागि खोजीकार्य रोकिएको र भोलि बिहानैदेखि गोताखोरको टोलीसहित खोजी गरिने प्रहरीले जनाएको छ।
















बुद्धका शिक्षासँग जेनेभा महासन्धिको सम्बन्धबारे जेनेभामा उच्चस्तरीय विमर्श
कर्णालीका जनप्रतिनिधिसँग अन्तरसरकार सम्बन्धबारे छलफल
दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन खुला
संदिग्ध लागूऔषध डुङ्गामा अमेरिकी सेनाको आक्रमण, दुई जनाको मृत्यु
विजयोत्सवको ८१औँ वार्षिकोत्सव मनाइयो
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया