काठमाडौंको सतुंगलबाट लागूऔषधसहित तीन जना सशस्त्र प्रहरीको नियन्त्रणमा
मेरोन्यूज
२०८१ चैत २६ गते १२:०२

काठमाडौं । सशस्त्र प्रहरीले काठमाडौँको सतुंगलबाट लागूऔषधसहित चैत्र २७ गते तीन जनालाई नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिईएकाहरुमा मोरङ्गको मिक्लाजुङ्ग–८ घर भई काठमाडौ बस्ने वर्ष ४५ का अमर बहादुर दर्जी, महोत्तरीको मनरासिस्वा नगरपालिका–२ बस्ने वर्ष ३० का सन्दिप सिंह र काठमाडौ महानगरपालिका–८ बस्ने वर्ष ३३ का आसिक सिंह छन् ।
बाराको सिम्रौनगढ, कलैया, वीरगंज हुँदै काठमाडौतर्फ आउँदै गरेको यात्रुवाहक बसमा सवार उनीहरुलाई विशेष सूचना आधारमा सशस्त्र प्रहरी बल ईन्टेलिजेन्स व्यूरोको टोलीले उक्त लागूऔषधसहित नियन्त्रणमा लिएको हो । सो लागूऔषधमा डाईजोपाम, नोफिन र फेनारगन रहेका छन् ।

नियन्त्रणमा लिईएका तीनै जनालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाईएको छ ।
सम्बन्धित
















मौद्रिक नीति अर्धवार्षिक समीक्षाः क्षेत्रगत कर्जा विस्तार र पूर्वाधार लगानीमा सहजीकरण
ऋषिराम कट्टेललाई रिहा गर्न सर्वोच्चको आदेश
नेकपाले शक्तिशाली दलित विकास प्राधिकरण गठन गर्नेछ : संयोजक दाहाल
अहिलेको चुनावले कुनै निकास नआउने भन्दै निर्वाचन पछि सार्न राजेन्द्र लिङदेनको प्रस्ताव
निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिन सिफारिस
निर्वाचन आयाेगले भन्याे– निर्वाचन चिह्नको भौतिक स्वरूप प्रयोग नगर्नु/नगराउनू
सशस्त्र प्रहरीका २३ बरिष्ठ उपरीक्षकहरु निर्वाचन अनुगमनमा
लिचीबारी घुस प्रकरणमा रन्जिता श्रेष्ठलाई धरौटीमा छाड्न आदेश
प्रतिक्रिया