विदेशी मुद्रा सञ्चिति २४ खर्ब नाघ्यो, १४ महिनाको आयात धान्ने
मेरोन्यूज
२०८१ चैत २६ गते १७:५१

काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनामा विदेशी मुद्रा सञ्चिति १८ प्रतिशत बढेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार गत फागुनसम्म याे सञ्चिति १८ प्रतिशतले बढेर २४ खर्ब ९ अर्ब २५ करोड रुपैयाँ पुगेको हाे ।
गत असारमा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ विदेशी विनिमय सञ्चिति थियो । अमेरिकी डलरमा यस्तो सञ्चिति १३.१ प्रतिशत बढेर १७ अर्ब २७ करोड डलर पुगेको छ । गत असारमा १५ अर्ब २७ करोड डलर थियो । गत फागुनमा कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.७ प्रतिशत रहेको छ ।
आर्थिक वर्ष २०८१/८२ को आठ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.२ महिनाको वस्तु आयात र १४.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएकाे राष्ट्र बैंकले जनाएको छ ।
सम्बन्धित
















पहाड र हिमालमा मध्यम वर्षा र हिमपात, तराईमा चट्याङ्गसहित वर्षा
आज वैशाख २६ गते शनिबार,कुन राशिको भाग्य कस्तो ?हेरौँ राशिफल
आज शनिबार, कुन विदेशी मुद्राको विनिमयदर कती ?
यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया