नेपालले कुवेतलाई ६ विकेटले हरायो
मेरोन्यूज
२०८१ चैत २७ गते १०:४४

काठमाडौँ। नेपालले कुवेतलाई ६ विकेटले हराएको छ। ओपनर कुशल भुर्तेलको शानदार प्रदर्शनसँगै नेपालले हङकङमा जारी चार देश सम्मिलित टी-२० सिरिजमा कुवेतलाई ६ विकेटले पराजित गरेको हो ।
कुवेतले दिएको १८६ रनको लक्ष्य पछ्याएको नेपालले १८ ओभर ५ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।
नेपालका लागि दुवै ओपनरले अर्धशतकीय इनिङ खेले । कुशल भुर्तेल ८१ र आसिफ शेखले ५३ रन बनाए ।
यस्तै दीपेन्द्र सिंह ऐरीले १२ बलमा ३१ रनको विस्फोटक पारी खेले । गुल्शन झा ९ र कप्तान रोहित पौडेल ४ रनमा अविजित रहे । कुशल मल्ले ४ रन मात्रै जोड्न सके ।
सम्बन्धित















मिथिलाञ्चलमा आजदेखि चैती छठ सुरु
राष्ट्रपतिद्वारा पानीको समान पहुँच सुनिश्चित गर्न आह्वान
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
प्रतिक्रिया