नेपालका पुर्व आईजीपी राणाको निधन
मेरोन्यूज
२०८१ चैत ३० गते ९:२०

रौतहट। नेपाल प्रहरीका पूर्वआइजीपी प्रदीपसमशेर राणाको निधन भएको छ । राणाको ७८ वर्षको उमेरमा गएराति निधन भएको हो ।
उनको नर्भिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।राणाको आज बिहान ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ ।
राणाले २०५७ असोजदेखि २०५९ पुससम्म नेपाल प्रहरीको नेतृत्व गरेका थिए ।
उनकै कार्यकालमा सशस्त्र प्रहरी बलको स्थापना हुँदा सङ्गठनका थुप्रै कर्मचारी उक्त सङ्गठनमा समायोजित भएका थिए ।
सशस्त्र द्वन्द्वकालमा प्रहरी परिचालन र व्यवस्थापनको चुनौतीलाई उनले सहजताका साथमा निर्वाह गरेका थिए । उनको छोरा दीप शमसेर जबरा नेपाल प्रहरीका एसएसपी पदमा कार्यरत रहेका छन्।
राणा नेपाल प्रहरीको संगठन प्रमुख हुँदा रौतहटका सैयौं युवाहरु नेपाल प्रहरीमा भर्ना भएका थिए।
सम्बन्धित









कसले गरे महेश बस्नेतमाथि आक्रमणको प्रयास ?
सुरु भयो क्षतिग्रस्त बीपी राजमार्गको पुनर्निर्माण
महेश बस्नेतमाथि विराटनगरमा आक्रमण प्रयास
व्यापार बढाउने माध्यम बन्यो एनपिएल
महिला फुटबल टोली इन्डोनेसिया प्रस्थान
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
चितवनविरुद्ध पहिला फिल्डिङ गर्दै लुम्बिनी
निर्माणाधिन संसद भवन समयमै सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
प्रतिक्रिया