यो सरकार धेरै अगाडि जान सक्दैन : प्रचण्ड

चितवन। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका समस्या समाधानतर्फ केन्द्रित हुन सरकारलाई अनुरोध गरेका छन् ।
आज यहाँ पत्रकारसँग कुरा गर्दै उनले शिक्षक, डाक्टर, नर्स, लघुबित्त पीडित, सहकारी पीडित र राजनीतिक दलहरु आन्दोलनमा रहेका बताउँदै जनताका समस्या समाधान गर्न सरकारलाई आग्रह गरेका हुन् ।
फरक प्रसङ्गमा अध्यक्ष दाहालले नयाँ वर्ष २०८२ मा राजनीतिक दलहरुलाई नयाँ सङ्कल्पका साथ अघि बढ्न जरुरी रहेको बताए । उनले जनता र राष्ट्रको आवश्यकता अनुसार अघि बढ्नका लागि नयाँ सङ्कल्प जरुरी रहेको बताए ।
प्रचण्डले वर्तमान सरकार धेरै अगाडिसम्म नजाने परिस्थिति बनेको दाबी गरे। ‘यो सरकार धेरै अगाडि जान सहज छैन भन्ने कुरा पनि देखिइराख्या छ । त्यसकारण कुनै पनि सम्भावना छ,’ नयाँ सरकार बन्न सक्ने सम्भावनाबारे उल्लेख गर्दै प्रचण्डले भने, ‘नयाँ वर्षले केही न केही निकास चाहिँ लिएर आउँछ भन्ने मलाई लाग्छ ।’


















इरानमा पक्राउ परेका अमृत झा रिहा
कालीगण्डकीमा बेपत्ता युवा मृत फेला
पूर्वमन्त्री दीपक खड्काको मुद्दामा अनुसन्धान फाइल झिकाउने आदेश
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
महसुल नतिर्ने ग्राहकको धाराको लाइन काटिँदै
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
इरान वार्तामा फर्कने वा नफर्कने विषयमा मलाई कुनै मतलव छैन – ट्रम्प
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
सम्पत्तिबारे गृहमन्त्रीकाे जवाफ : गरिब जन्मिनु गल्ती होइन, गरिब नै भएर मर्नुचाहिँ गल्ती
प्रतिक्रिया