नेपाललाई हराउँदै कुवेतले जित्यो उपाधि
मेरोन्यूज
२०८१ चैत ३० गते १५:०४

काठमाडौं । हङकङमा जारी चारदेशीय टी-२०आई प्रतियोगिताको उपाधि कुवेतले जितेको छ ।
मोङ कोकमा आइतबार भएको फाइनल खेलमा नेपाललाई ३ रनले हराउँदै कुवेतले उपाधि जितेको हो ।
कुवेतले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा १७१ रन बनाएर अलआउट भयो ।
सुरूवाती खराबी ब्याटिङ गरेको नेपालले नवौं विकेटका लागि नन्दन यादव र वसिर अहमदले ७२ रनको साझेदारी गर्दै नेपालको खेललाई लयमा फर्काएका थिए। अन्तिम ओभरमा ११ रन चाहिएको थियो। अन्तिम ओभर र अन्तिम विकेटको रुपमा ललित राजवंशी र बसिर अहमद क्रिजमा रहेका थिए।
पहिलो बलमा नो बल हुँदै छक्का गएपछि ६ बलमा ४ रन चाहिएको थियो। त्यसपछि लगातार २ बल डट खेलेर बसिर १९.३ मा ठूलो सट खेल्ने धुनमा बाउन्ड्री लाइनमा क्लिन्टो एन्टोको हातमा क्याच आउट भए ।
सम्बन्धित











निर्वाचनको विकल्प छैन : संयोजक दाहाल
कार्यकर्तालाई कार्यवाहक सभापति खड्काकाे आह्वान : चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नू
4 killed, 23 injured as bus plunges into ravine in Philippines
सुरुङमार्गमा काम गर्ने क्रममा माथिबाट ढुंगा खस्दा मजदुरको मृत्यु
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
अध्यक्ष कमल थापाको नाम काठमाडौँ ५ र बाँके २ बाट सिफारिस
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
प्रतिक्रिया