इन्टरपोलबाट रेड नोटिस जारी भएकी फरार महिला पक्राउ
मेरोन्यूज
२०८२ वैशाख १ गते १४:५८

काठमाडौं । विद्युतीय (ईलेक्ट्रोनिक) कारोवार कसुर मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी महिला पक्राउ परेकी छिन् ।
गोरखा, गोरखा नगरपालिका–६ सातधुरे दरबारमार्ग घर भएकी ३० वर्षीया विन्दु परियार पक्राउ परेकी हुन्। एनसिबि काठमाडौंबाट खटिएको प्रहरीले मलेसियाबाट नेपाल आउने क्रममा उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।
विद्युतीय (ईलेक्ट्रोनिक) कारोबार कसुर मुद्दामा संलग्न रही फरार रहेकी उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि एनसिबि काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८० फागुन ७ गते उनी विरूद्ध रेड नोटिस जारी भएको थियो ।
उनलाई सम्बन्धित कसुर बमोजिम कानूनी कारवाहीको लागि नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।
सम्बन्धित










तरकारीको आजको मूल्य : आलुको मूल्य सस्तियो
राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने
सरकार गठनका सय दिनकाे सम्बाेधन : सुशासन र चुनाव गर्न सरकार चट्टान झै दृढ रहेकाे प्रधानमन्त्री कार्कीकाे जिकिर
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
प्रतिक्रिया