काठमाडौं उपत्यकामा हल्का वर्षा

काठमाडौं । काठमाडौं उपत्यकालगायतका मलुकका विभिन्न स्थानमा पानी परेको छ ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान माहाशाखाले कोशी र बागमती प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ ।
माहाशाखाका मौसमविद् मीनकुमार अर्यालले पश्चिमी वायुको प्रभाव र हाल स्थानीय वायु सक्रिय भएका कारण मेघ गर्जनसहित वर्षा सुरु भएको बताए । “अहिले सुरु भएको दुई घण्टासम्म रहने अनुमान छ, ठूलो वर्षा हुने सम्भावना छैन”, उनले भने, “बिहीबारसम्म मौसम बदली रही हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।”
माहाशाखाले बुधबार बिहानसम्म कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरू र बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।
देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको र मेघगर्जन तथा चट्याङ, वर्षालगायत हिमपातका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुनसक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन समेत महाशाखाले आग्रह गरेको छ ।









कास्कीको अन्नपूर्ण आसपास भूकम्प
निर्वाचनको विकल्प छैन : संयोजक दाहाल
सशस्त्रको प्रवक्तामा डिआइजी थापा
विद्यालयको सम्पत्ति अवैध भाडामा लगाएको आरोपमा ९ जनाविरुद्ध मुद्दा दायर
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु
प्रतिक्रिया